सम्पदाको सहर प्लास्टिक र फोहोरले कुरुप बन्यो, नगरपिताको ध्यान कता ? (भिडियो)

काठमाडौँ, १७ असोज । अबिरल वर्षका कारण काठमाडौंको जनजिवन अस्तव्यस्त बन्यो । अरुबेला विभिन्न राजनीतिक दलका नेताहरुलाई तुच्छ गालिका वर्षा गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वाहवाही कमाउँदै आउनु भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह यो विपद्का बेला कतै पनि देखिनु भएन् ।
सामाजिक सञ्जालमा एकदुई वटा स्ट्याटस लेख्ने बाहेक काठमाडौं महानगरपालिकाको उल्लेख्य भूमिका कतै पनि देखिएन् । शसस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरी मात्रै होइन विभिन्न संघसंस्थाहरु पनि विपद्का बेला उद्दार कार्यमा खटिएका थिए ।
आफूले नेतृत्व सम्हाले लगत्तै पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्नेलगायतका निर्णयहरु मेयर साहले गर्नुभएको थियो । तर, अहिले विपद्का बेला त्यस्तो संयन्त्र परिचालन भएको कतै पनि देखिन् । अहिले अबिरल वर्षापछिको बाढी र डुवानले काठमाडौं कुरुप बनेको छ । सम्पदाको सहर भनेर परिचय बनाएको काठमाडौं महानगरका धेरै सम्पदाहरु कुरुप बनेका छन् । तर, काठमाडौं महानगरपालिकाले ती सम्पदाहरुमा फोहोर र प्लास्टिकहरुले छोपरे विरुप बनेका दृष्यलाई पनि देखेको नदेखे झैँ गरिहेको छ ।
सामान्य सरसफाइमा समेत खासै ध्यान नदिँदा ती सम्पदाहरु थप विरुप बन्ने खतरा बढेको छ । कुनै बेला अदालतका हरेक आदेशलाई खुला चुनौति दिने मेयर साहले खोला किनारमा थप २० मिटर छाड्नु पर्ने भन्ने अदालतको आदेशलाई भने हतारहतार ल्याप्चे लगाएर सूचना निकाल्न हतार गर्दा निकै ठूलो आलोचना खेप्नु परेको थियो । आफूलाई नगरपिता भनिदिनु पर्ने र स्टन्टमा बढी विश्वास गर्ने अनि लोकप्रियतावादको बेलुनमा उडिरहनु भएका मेयर साह बाढी, पहिरो र डुवानपछि गुमनाम बन्नुभएको छ ।
काठमाडौँबासी बाढी र डुबानपछिको कहरमा पिल्सिरहेका छन् । तर, साहको उपस्थिति कतै पनि देखिएको छैन । उहाँको यस्तो लातले उहाँलाई मत दिएर जिताउने मतदाता पनि आजित बनेका छन् । आफूलाई चर्चामा ल्याउने साना कामलाई पनि बढाइचढाई गर्ने मेयर साह अहिले विपद्का बेला खोइ ? भन्ने अवस्था आएको छ । अहिले काठमाडौं उत्पत्यका र अझ त्यसमा पनि काठमाडौंँ महानगरको क्षेत्र भित्र बाढीका कारण कुरुप बनेका दृष्यले मेयर साहलाई जिज्जाइरहेका छन् तर मेयर साह भने बेखवर बन्नु भएको छ ।
केन्द्र सरकारसँग समन्वय पनि नगर्ने र काम गर्दा अपजस मात्रै दिने साहको आफू पनि नगर्ने अर्कालाई पनि गर्न नदिने शैलीका कारण यहाँको विकास निर्माणको काम समेत प्रभावित हुँदै गएको छ । विपद्का बेला काठमाडौं महानगरपालिकाको प्रभावकारी काम नदेखिनु पनि त्यसको एउटा कारण हो ।
तर, अहिले पनि केही समूह सामाजिक सञ्जालका गलत सूचना हेरेर त्यसैको भरमा कुद्दै मेयर साहको स्तूतिमा मग्न बनेको छ र धेरैलाई दिग्भ्रमित पार्ने काममा व्यस्त छ । अझै कति सयम दिग्भ्रमित पार्न मेयर साह सफल हुने हुन् त्यो हेर्न भने केही समय कुनै पर्ने हुन्छ ।