वि क्यान एजुकेशनल नेपाल भक्तपुरले गर्याे विश्व शिक्षक दिवसको अवसरमा शिक्षकाहरूलाई सम्मान
भक्तपुर, २० असाेज । वि क्यान एजुकेशनल नेपाल भक्तपुरले विश्व शिक्षक दिवसको अवसरमा शिक्षकाहरूलाई सम्मान गरेका छन् ।
दिवसको अवसरमा विजयादशमीको शुभकामना आदान प्रदान गर्दै विभिन्न शिक्षकाहरू शैक्षिक रोसन पदकबाट सम्मानित हुनुभएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा पोषणविद् डा. दयालक्ष्मी जोशीले आफ्नो ४८ वर्षको शिक्षण अनुभव साझा गर्दै शिक्षा सफल हुनका लागि स्वास्थ्यको महत्त्वपूर्ण भूमिका रहने कुरा जोड्नुभयो।
उहाँले शिक्षक र विद्यार्थीको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने, साथै खानपान र पौष्टिक आहारको महत्त्व पनि औंल्याउँदै उपस्थित सबैलाई उत्प्रेरित गर्नुभएको थियाे ।
कार्यक्रममा वी क्यान एजुकेशनल नेपालका उपाध्यक्ष तथा क्रियटिभ विद्यालयका प्रधानाध्यापक बिश्वराम दुवालले स्वागत मन्तव्य राख्नुभएकाे थियो।
कार्यक्रममा शैक्षिक रोसन पदकबाट सम्मानित हुनुहुनेहरूमा सर्मिला प्रधानाङ्ग – पाथीभरा एकेडेमी (सृजनानगर), सुनमाला योन्जन – रुबी भ्याली विद्यालय (सूर्यविनायक), श्याम्देवी नकर्मी – क्रियटिभ इ. से. स्कुल (नागपोखरी), रजनी तसि – सिरिनकेन इ. स्कुल (झौखेल), ५. रिता श्रेष्ठ – जागृति शिक्षा सदन (मूलपानी), अर्चना दाहाल – आरक्षण नेशनल एकेडेमी (सुडाल), आकृती खड्का – माम्ती नेशनल एकेडेमी (पान्डुबजार), सर्मिला सितिखु – सरस पाठशाला (जगाती) र जमुना सिल्पकार – रितम्भरा पाठशाला हुनुहुन्छ ।
वि क्यान एजुकेशनल नेपालका अध्यक्ष तथा सभापती रत्न बहादुर राईले शिक्षक सम्मान कार्यक्रममा शिक्षकाहरूको मनोबल वृद्धि भएको र यसले शिक्षकाहरूलाई आफ्नो जिम्मेवारीप्रति थप प्रेरित बनाएको बताउनुभयो।
कार्यक्रम पाथीभरा एकेडमी विद्यालयका प्रध्यानाध्यापक तथा वि क्यान एडुकेसन नेपालका सचिव रमेश प्रसाद सिटौलाले सञ्चालन गर्नुभएकाे थियाे ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र विजयादशमीको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो।