बेंशीशहर जाँदै गरेको जिप लमजुङमा दुर्घटना, २२ जना घाइते, ५काे अवस्था गम्भिर

काठमाडौं, २७ असोज । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएकाे छ । बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।

प्रहरीका अनुसार ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको हाे । दुर्घटनाका गम्भिर घाइते पाँच जनाकाे चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ ।