मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे साताैँ दिनमा ६ जनाकाे उद्धार

महाेत्तरी, ६ कार्तिक । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राकाे साताैँ दिन ६ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे छ ।
‘चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतबार धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-४ मुरली चाैकबाट १ जना, क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका-६ बाट १ जना र महाेत्तरीकाे बर्दिबास नगरपालिका-१ बाट १ जना गरि ६ जनाकाे उद्धार भएकाे छ ।
मेचीनगरदेखि सुरु भएकाे यात्रा आइतबार महाेत्तरीकाे बर्दिबाससम्म पुग्दा ७४ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक, केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभएकाे छ ।
आतबार उद्धार भएका ३ जना पुरुष र ३ जना महिलालाई मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा संरक्षणका लागि लगिएकाे छ । उद्धार टाेली साेमबार दिनभरि सर्लाही र बारा जिल्लाका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बाँच्न बाध्य हुनुभएकाहरुकाे उद्धार तथा सेवामा रहेका छन् ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको एक गैरनाफामूलक सामाजिक संस्था हो ।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक, केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूकाे सहभागिता रहेकाे छ ।