तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने फ्लोरिकल्चर एसोसिएसनको अनुमान

काठमाडाैं, ११ कात्तिक । यस वर्षकाे तिहारमा ४५ लाख भन्दा बढी माला खपत हुने अपेक्षा गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यस वर्ष माला खपतको वृद्धिको अपेक्षा गरिएको हाे।

यसवर्ष विशेषगरी सयपत्री, मखमली, गोदावरी, र मिक्स फूलका मालाहरूको उच्च माग रहेको छ ।

तस्बिरहरू………राज महर्जन