चुप लागेर बस्नै नसक्ने बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको रोयल्टी सम्मान

ललितपुर। आँट, धैर्य र साहसको प्रतिक अनि चुप लागेर बस्नै नसक्ने बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनले महान पर्व तिहारको उपलक्ष्यमा रोयल्टी वितरण गरेका छन्। महान पर्व तिहारको अवसरमा संसार अनलाइन टेलिभिजनवाट प्रसारण भएका म्युजिक भिडियोहरुलाई हरेक बर्षको तिहारको अवसरमा प्रदान गरिदैआएको रोयल्टी वितरण गर्ने कार्य महर्जनवाट भएको हो।

थोरबहुत जे जति रकम ती म्युजिक भिडियो प्रसारणवाट आर्जित रकममा केही प्रतिशत थप गरेर संसार अनलाइन टेलिभिजनले यो बर्ष पनि वितरण गरेको जानकारी संसार अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक महर्जनले दिएका छन्।

कार्यक्रममा अग्रज गायक रत्न बेहोशी, युगिन निर्देशक पवन जोशी, प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, प्राकृतिक उपचारक एवम् सामाजिक सुधारक लक्ष्मीनारायण सिंह सुवाल, नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी लगायतको विशेष आतिथ्यता तथा ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा सरकार प्रमुख रविन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा महान पर्व तिहार, नेपाल संवत नयाँ बर्ष ११४५ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान पनि भएको थियो।

सोही कार्यक्रममा संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला भएको घोषणा गरिएको छ। संसार क्रिएसन्का क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले तेश्रो संस्करणसम्म आइपुग्दा अवार्डलाई व्यापकता दिँदै यसलाई राष्ट्रिय स्तर लग्ने प्रयास गरेको बताए ।

‘यस अवार्डलाई संसारकै ठुलो र लामो अवधिको अवार्डको रुपमा गिनिज बुकमा दर्ता गराउन खोजिरहेका छौं। तेश्रो संस्करणमा आइपुग्दा राष्ट्रिय स्तरमा लग्दै यसको नाम संसार राष्ट्रिय म्यूजिक भिडियो अवार्ड्स बनाएका छौं’ क्रिएटिभ डाइरेक्टर महर्जनले भने।

सबै गायक, कलाकार, सर्जकहरुले आउँदो मंसीर मसान्त भित्रमा आआफ्नो गीत, म्यूजिक भिडियो अवार्डका लागि दर्ता गर्न महर्जनले आह्वान गरे।