उपचुनावमा काठमाडौंबाट उठ्ने उम्मेदवारको लाग्यो टुंगो, को–को छन् ?
काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले उपचुनावमा काठमाडौंबाट उठ्ने उम्मेदवारको टुंगो लगाएको छ ।
यो पटकको उपनिर्वाचनमा काठमाडौंका कीर्तिपुर नगरपालिकाको मेयरका लागि निर्वाचन हुँदैछ भने कीर्तिपुरकै दुई वटा वडा र काठमाडौं महानगरपालिकाको वडा–१६ मा पनि निर्वाचन हुँदैछ । कीर्तिपुरको मेयरमा एमालेले केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।
त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय काठमाडौं जिल्ला कमिटीले गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठक भएका कारण पनि यी नामहरुमा फेरवदको संभावना छैन ।