यू-१९ महिला टी-२० विश्वकप छनोटमा आज कुवेतसँग खेल्दै नेपाल
काठमाडौं, २१ कात्तिक । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ ।
यूएईमा भइरहेको खेल नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ । पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपालले लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।
कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।