बागमती भाइको मायाबी गीत ।। पप सम्राट ओमविक्रमको गायन ।। विश्वव्यापी प्रदर्शन ।।

ललितपुर । नेपाली पप संगीतका पप सम्राट नै मानिएका गायक ओमविक्रम विष्टले नेपालभाषामा पनि गीत गाएका छन्। अमेरिकावाट हाल नेपाल आएको समय पारेर एकपछि अर्को गीत गरेर गायक विष्टले नेपालभाषाको गीत गाएका हुन्।

सामाजिक सुधारक एवम् बागमती सफाईका अभियन्ता तथा बरिष्ठ गीतकार बागमती भाइले नेपालभाषामा लेखेको “ए जि यःम्ह मयजु लिधंसा जितः ब्यु” बोलको गीत गायक विष्टले गाएर गायन यात्रामा नयाँ आयाम थप्ने कार्य गरेको हो। जसमा गोविन्द ह्युमतको संगीत र जीवित जल्मीको एरेञ्ज तथा विजय मास्कीको रेकर्डिङ रहेको छ।

यस गीतको म्युजिक भिडियो निर्माण कार्य पनि बरिष्ठ गीतकार बागमती भाइले सम्पन्न गरेका छन्। जसमा युगिन निर्देशक पवन जोशीको युगिन निर्देशन रहेको छ। पप सम्राट गायक विष्ट आफैले पनि अभिनय गरेको यस गीतको भिडियोमा नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यालक्ष्मी खड्गीको बेजोड अभिनय रहेको छ।

यो युगिन भिडियो आगामी नयाँ बर्ष नेपाल संवत ११४५ को अवसरमा यही हप्ताको शुक्रवार पप सम्राट ओमविक्रम विष्टकै प्रमुख आतिथ्यतामा सार्वजनिक भएको छ। जुन भिडियोलाई बरिष्ठ गीतकार बागमती भाइको आफ्नै युट्युू्ब च्यानल नेवाः साधना कला केन्द्र मार्फत विश्वभर प्रदर्शनमा आएको छ।