अहिलेसम्म कीर्तिपुरका लागि योगदान गरेँ, म जनताबाट निर्वाचित हुन्छुः मानन्धर
नेकपा (एमाले)का केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर आगामी मंसिर–१६ मा हुने उपनिर्वाचनका लागि कीर्तिपुरबाट मेयर पदको उम्मेदवार बन्नुभएको छ । मेयर पदको उम्मेदवार बन्नुभएका मानन्धर अहिलेसम्म आफ्नो क्षमताले भ्याएसम्म कीर्तिपुरलाई योगदान गर्दै आएको भन्दै यो पटक जनताबाट निर्वाचित हुनेमा आशावादी हुनुहुन्छ । मानन्धरसँग निर्वाचनसँग केन्द्रित भएर गरेको भिडियो कुराकानी ।
चुनावी तयारी कसरी अघि बढेको छ ?
हामी अहिले उम्मेदवार घोषण सभा सम्पन्न गरेर निर्वाचन परिचालन कमिटी समेत बनाएर टोलटोलमा व्यक्तिव्यक्तिलाई भेट्ने कामलाई पनि तिव्र बनाएको अवस्था छ । कीर्तिपुरका जनता र नेकपा (एमाले)का कार्यकर्ताको भावना अुनसार यो मंसिर १६ गते हुन गैरहेको उपनिर्वाचनमा मेयर पदको उम्मेदवारका रुपमा अघि बढेको छु ।
विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आउनु भएको तपाईँलाई पार्टीले विश्वास गरेर मेयर पदका रुपमा अघि बढाएको छ । महशुस कस्तो गर्नुभएको छ ?
राजनीतिक सक्रियतामा मैले कहिल्यै कमजोर हुन दिएको छैन । मैले पदलाई भन्दा पनि सक्रियतालाई बढी महत्त दिदैँ आएको छु । त्यसैले मैले पहिलो कुनै पनि पदीय जिम्मेवारीमा नहुँदा पनि आफ्नो क्रियाशिलतालाई निरन्तरता दिएको थिए । अहिले पनि दिइरहेको छु र आगामी दिनमा पनि सकुन्जेलसम्म दिइरहने छु । मैले पार्टीले दिएका जिम्मेवारीलाई यस अघि पनि सफलता पूर्वक पूरा गर्दै आएको छु ।
अघि पनि भने मेरालागि पार्टीले दिएको जिम्मेवारी भन्दा पनि यो र्कीतिपुरका जनताको सुख,दुख सामीप्यता मेरालागि असाध्यै ठूलो कुरा हो । कहिल्यै पनि मैले र्कीतिपुरका जनतासँग टाढाँ बस्ने काम गरिँन । हामी जस्ता राजनीतिक, सामाजिक काममा निरन्तर लागेका व्यक्तिहरुका लागि अन्तिम थलो भनेको नै जनता, समाज र त्यो समाजको परिवर्तन हुने भएकाले पनि मेरो निस्क्रियता कहिल्यै भएन ।
तपाईँ उम्मेदवार बन्दै गर्दा यहाँका जनताको मनमुटुमा छु र मैले मेयर जितेपछि पनि जनताको मनमुटुमा नै रहनुपर्छ भन्ने सन्देशचाँहि कसरी दिदैँ आउनु भएको छ ?
म यहाँको रैथाने त हुँ नै त्योसँगै र्कीतिपुरमा बसोबास गर्ने जति पनि आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीहरु हुनुहुन्छ । उहाँहरुको पनि भावनालाई बोकेर हिँड्दै आएको व्यक्ति हुँ ।
चुनावी एजेण्डाचाँहि के–के छन् ?
सबै भन्दा पहिला त कीर्तिपुर के–हो ? भन्ने बुझ्न जरुरी छ । र्कीतिपुर सांस्कृतिक हिसावले, पर्यटकीय हिसावले, सम्पदाको हिसावले, शिक्षाको हिसावले पनि अनुपम ठाउँका रुपमा परिचित छ । यहाँको सांस्कृतिक सम्पदाले दुँनियाँ सामू चिनाएको अवस्था छ । यहाँको सम्पदाले मात्रै पनि र्कीतिपुरलाई पाल्नसक्छ भन्ने मान्यता म राख्छु । एक लाख बढी मान्छे बस्ने ठाउँ हो र्कीतिपुर । त्यसैले यहाँका सांस्कृतिक सम्पदा, यहाँका धरोहरलाई जोगाएर कसरी विश्वसामू परिचित गराउने भन्ने कुरा मूल विषय हो । म यी योजनालाई पनि लिएर अघि बढेको छु । हामीले कीर्तिपुरको शिक्षालाई पनि अझै आधुनिक बनाउने योजनामा छौँ । हामी मेयरमा निर्वाचित भएपछि यहाँ एउटा छुट्टै प्राविधिक शिक्षालय बनाउने योजनामा छौँ । त्यहाँ रोजगारसँग सम्बन्धित तालिमहरु दिने छौँ । केन्द्रीय सरकारको मातहतमा रहेको प्रविधिक शिक्षालयसँग पनि सहकार्य गरेर शिक्षाका माध्ययबाट यहाँको अर्थतन्त्रलाई थप बलियो बनाउने योजना पनि अघि सारेका छौँ ।
कीर्तिपुरबासी जुरुक्क उठेपछि मात्रै परिवर्तन संभव छ भन्ने भनाई छ । र्कीतिपुर बुद्धिजिवीहरुको बाहुल्यता भएको क्षेत्र पनि हो भन्ने् छ । यस्तो अवस्थामा यहाँका जनताको मन जित्न सकिन्छ भन्ने कत्तिको आशा गर्नुभएको छ ?
यहाँ हरेक क्षेत्रका विज्ञहरु रहेको ठाउँ हो, कीर्तिपुर त्यसैले यहाँका विज्ञहरुसँगको सल्लाहमा म कसरी कीर्तिपुरलाई समृद्ध बनाउन सकिन्छ भनेर छलफल गरेर अघि बढ्ने छु । शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा पनि प्रभावकारी ढंगले अघि बढाउने छौँ । यी सबैका लागि हामी एउटा हव नै बनाएर अघि बढ्छौँ । हामी निर्वाचित भएको एक महिना भित्रमा यहाँका खाल्डाखुल्डी पुर्ने, ट्राफिक व्यवस्थापन गर्ने जस्ता कुरालाई पनि हामी अघि बढाउने छौँ । म मेयर भएँ भनेर भन्दा पनि सबै विज्ञहरुको सुझावमा यहाँको विकासका कामलाई अघि बढाउँछौँ ।
कीर्तिपुर बामकिल्ला भन्ने पनि छ । बामकिल्ला भत्किएको छ । अब यो भत्किएको किल्लालाई जोड्ने संभावना कत्तिको देख्नुभएको छ ?
यो क्षेत्र जननेता मदन भण्डारीले निर्वाचन जितेको क्षेत्र हो । उहाँले २०४८ सालमा काठमाडौंको क्षेत्र नम्बर–५ बाट निर्वाचन जित्दा उहाँलाई बुद्धिजिवीहरुको ठूलो साथ–सहयोग रहेको थियो । बामआन्दोलनको त्यो इतिहास जोगाइराख्नका लागि कीर्तिपुरका बामआन्दोलनमा झुकाव राख्ने साथीहरुले मेरो उम्मेदवारीलाई आफ्नै उम्मेदवारीका रुपमा लिनुभएको छ भन्ने मैले ठानेको छु । उहाँले तयारी पनि त्यहि ढंगले गर्नुभएको मैले ठानेको छ । कीर्तिपुर बामपन्थीहरुको मात्रै सहर होइन । यहाँ विभिन्न विचार राख्नेहरु पनि हुनुहुन्छ । सबैको एउटै चाहना भनेको सफा, सुन्दर र हराभरा कीर्तिपुर नै हो । हामीले त्यहि अनुसार यहाँको विकास गर्नुपर्ने छ । हामीले विगतमा ०४६ सालको होस् या २०६२–०६३ सालको आन्दोलन नै किन नहोस् सबै कीर्तिपुरबासीको एकमुष्ठ सहकार्यमा संभव भएको थियो । समृद्धि कीर्तिपुर निर्माणमा पनि यसैगरी सबैको सहकार्य आवश्यक छ । म मेयर निर्वाचित भएपछि त्यसको नेतृत्व सबैको सहकार्यमा मैले गर्ने छु र हामी सबै मिलेर समृद्ध कीर्तिपुर बनाउने छौँ ।
अहिले राजनीतिप्रति वितृष्णा बढिरहेका बेला युवाहरुलाई चाँहि आशावादी बन्न के भन्न चाहनुहुन्छ ?
बनाउँनुपर्छ भन्ने विश्वास लिएर नै म चुनावी मैदानमा आएको छु । सबै युवाहरुलाई भन्नचाहन्छु–सबै कुराको मियो भनेको नै राजनीति हो । हो, अहिले राजनीतिमा केही निरासाहरु देखिएका छन् । ती निरासाहरुलाई चिर्न पनि युवाको सहभागिता आवश्यक छ । म अहिले युवाको मनोभावनालाई प्रतिनिधित्व गर्दै मैदानमा आएको छ । म युवाहरुका आशालाई मर्न दिने छैन । हामी सबै हातेमालो गरेर पहिला नगर अनि देश बनाउँन लागौँ भन्न चाहन्छु ।
आम मतदातालाई के भन्न चाहनुहुन्छ ?
आम युवा र मतदातालाई देशको राजनीतिबाट निरास भएर पछि हट्ने होइन हस्तक्षेप गरेर अघि बढ्नुपर्छ, आफ्नो पहिचान देखाउन सकने गरी अघि बढनुपर्छ भन्न चाहन्छु । हस्तक्षेप भनेको सबल नेतृत्वलाई निर्वाचित गराउने पनि हो । फेरि पनि सबै युवा र कीर्तिपुरवासीलाई भन्न चाहन्छु– कीर्तिपुरलाई विश्व मानचित्रमा एउटा सबल र सक्षम सहरका रुपमा विकास गर्न सक्ने सवल नेतृत्व छानेर हामी अघि बढयौँ भने सबल र सक्षम सहरका रुपमा विकास गर्ने पहिलो काम हुनेछ । त्यसैले यो पटकको निर्वाचनमा मलाई मतदाताले मत दिएर विजयी बनाउनुहुन्छ भन्ने मैले ठानेको छु । मैले आजसम्म मेरो क्षमताले भ्याएसम्म कीर्तिपुरलाई योगदान गर्दै आएको छु । त्यो आधारमा पनि म जित्छु भन्नेमा विश्वस्थ छु । मैले निर्वाचन जितेपछि कीर्तिपुरबासीको विश्वास जित्ने कुरामा मेरो ध्यान केन्द्रित हुनेछ ।