विश्वकपका लागि नेपाललाई ८४ रनको लक्ष्य
काठमाडौं, २८ कात्तिक । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा युएईले नेपालसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो ।
युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाइन् । बलिङमा नेपालका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिए ।
५ खेलमा शत प्रतिशत जित निकाल्दै यूएई शीर्ष र ४ खेलमा जित र एक हारसहित नेपाल दोस्रो स्थानमा छन् ।
पहिलो स्थानमा रहने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।