महिलाका दुःख र सफलताका कथा सुन्दै–सुनाउँदै सकियो वाउ उत्सव (भिडियो रिपोर्ट)
काठमाडौं, १० मंसिर । काठमाडौँको नक्सालमा रहेको नन्दीकेशर बगैँचा अर्थात (नारायण चौर) २०७२ सालको शक्तिशाली भूकम्पको केहीवर्ष अघिसम्म पनि फोहोरको डङ्गुरले भरिएको हुन्थ्यो । २०७० सालको आसपासबाट निर्माण सुरु भएको त्यहि बगैँचामा नक्शालवासीहरुले पाल टाँगेर धेरै रात र दिन बिताएका थिए । प्रहरी प्रधान कार्यालय नजिकै रहेको यो बगैँचा पछिल्लो समय धेरैका लागि शान्त ठाउँमा टहलिने, शारीरिक व्यायम गर्ने र जाडो याममा जेष्ठ नागरिकहरुका लागि घाम ताप्ने अनि नन्नेरीहरुका लागि समय विताउने गज्जबको ठाउँ पनि भएको छ ।
हो, त्यहि चौर अर्थात नन्दीकेशर बगैँचा मंसिर ८ र ९ गते भने अरु बेलाको भन्दा निकै गुजजार बनेको थियो । ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा दुई दिनसम्म चलेकोे विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड – वाउ), को सातौँ संस्करण त्यहि हरियो चौरमा भएका कारण त्यो ठाउँ गुलजार बनेको हो ।
लैङ्गिक विषयमा चेतना बढाउने, सीप अभिवृद्धि गर्ने, महिला, किशोरी, ननबाइनरी व्यक्ति, पुरुष तथा किशोरीहरुबिच मैत्रिभावनालाई प्रोत्साहन गर्ने, आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयासलगायतका लागिका आयोजना गरिएको त्यो कार्यक्रमको रिपोर्टिङका लागि मैत्रिन्युज टीम नारायण चौर पुग्दा केही बालबालिका चौरमा आफ्नै सुरतालमा खेलिरहेका थिए भने चौरको एक कुनमा केही किशोर–किशोरीहरु डिजेमा झुमिरहेका थिए । अर्को कुनामा नेवारी परिकारहरु पाकिरहेका थिए भने वाउ उत्सवमा आएकाहरु नेवारी खानाको स्वाद लिइरहेका थिए ।
चौरको वरीपरी दर्जनौँ स्टलहरु राखिएका थिए । महानगर पालिकाकौ ‘एक वडा एक नमूना कार्यक्रम’ अन्र्तरगत उत्पादन गरेका सामग्रीहरु विक्रि तथा प्रदर्शनीका लागि राखिएको थियो भने त्यहाँका हरेक स्टलहरुमा महिला उद्यमीहरुको बाक्लो उपस्थिति रहेको थियो । कतै महिला उद्यमीहरु अचार, तितौरा बेचिरहेका देखिन्थे भने कतै खेलौनाहरु बेचिरहेका दृष्य पनि त्यहाँ देखिन्थे । हरेक वडाबाट उत्पादन गरेको सामानहरु धमाधम बेचिरहेका महिला उद्यमीहरुको मुहारमा पनि एक खालको त्यहाँ चमक देखिएको थियो ।
त्यही चौर र नजिकैको नन्दीकेशर माविमा विभिन्न शत्रहरु प्नि चलिरहेका थिए । चौरकै पश्चिम कुनामा रहेको मञ्चमा संवाद कार्यक्रम चलिरहेको थियो । त्यहाँ महिलासँग दुःखका कथा, सफलताका कथा, उदाहरणीय सिकाइ, अनुकरणीय कथाहरुबारे संवाद चलिरहेको थियो । त्यहि मञ्चमा महिला, बालिका र ननबाइनरीहरुलाई आत्मसम्मानपूर्वक जीवनयापन गर्न प्रोत्साहन गर्ने सन्देशसहितका वृत्रचित्रहरु र नाटकहरु पनि देखाइरहेको देखिन्थ्यो ।
चित्रकला मार्फत अनि काउन्सिलिङमार्फत पनि महिला, बालिका र ननबाइनरीहरुलाई आत्मसम्मानपूर्वक जीवनयापन गर्न प्रोत्साहन दिने प्रयासहरु भैरहेका दृष्यहरु त्यहाँ देखिन्थे । कथा घेरा थिएटर, कर्णाली कला केन्द्र, गायिका कुन्ती मोक्तान, गायिका सुवानी मोक्तान, गायिका रचना दाहाल, चलचित्रकर्मी गौमाया गुरुङ्सहित २ सयभन्दा धेरै महिला कलाकारका प्रस्तुतिले दुई दिनसम्म चलेको उत्सव उत्सव जस्तै रोमाञ्चक पनि बनेको देखिन्थ्यो ।
विहान योग र आत्मरक्षा सम्बन्धी क्रियाकलापबाट सुरु भएको दुई दिने उक्त कार्यक्रमलाई चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श, प्रदर्शनीलगायतले थप रोचक बनाएको थियो । कार्यक्रममा दुबै दिन दिनभरी जसो काठमाडौं महानरपालिकाकी उपप्रमुख सुनिता डंगोल त्यहि नारायण चौरको विभिन्न गतिविधिमा व्यस्त बन्नुभएको थियो ।
महानगरपालिकाको उपप्रमुख भएपछि पहिलो निर्णयका रुपमा डंगोलले हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरणसहित महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । चुनावी प्रतिवद्धता अनुसारनै उहाँले अघि बढाएको त्यो कार्यक्रम महानगरको सफल कार्यक्रम बनेको छ ।
डंगोलले घोषणा गरेको यहि कार्यक्रमले अहिलेसम्म हजारौँलाई परामर्श दिदैँ आएको छ । उत्सवमा पनि परामर्शका लागि त्यससँग सम्बन्धित स्टलहरु पनि राखिएको थियो । उहाँले तीलगायतका स्टलहरुको पनि अवलोकन गर्नुभएको थियो ।
सन् २०११ मा मिस नेवाःको ताज पहिरिनु भएकी उपप्रमुख डंगोलको परिचय मिस नेवाःमा मात्रै सीमित छैन उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रन्जना लिपीलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउने काम पनि गर्दै आउनु भएको थियो । सोही अभियानमार्फत आफूलाई एक जुझारु युवाका रुपमा समेत परिचित गराउनु भएकी डंगोलको त्यसप्रतिको मोह कति रहेछ भन्ने त्यो उत्सवमा पनि देखिएको थियो । उहाँ महोत्सव स्थलमा छिर्ने वित्तिक्कै मुख्य प्रवेश द्वारमै रहेको क्यालिजात्रा फाउन्डेशनको स्टलमा छिर्नुभयो । त्यहाँ फाउन्डेशनका अध्यक्ष आनन्दकुमार महर्जनलगायत पनि हुनुहुन्थ्यो ।
उहाँले त्यहि स्टलमा केहीबेर उभिँएर केही महिना अघि सार्वजनिक भएको ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टलगायतका विषयमा अध्यक्ष महर्जनसँग कुराकानी गर्नुभयो । त्यसपछि उहाँ स्टलमै राखिएको कुर्सीमा बसेर कुची समाएर रंगहरुसँग खेल्दै लिपिमा रमाउँन थाल्नुभयो । केहीबेरमा उहाँले रञ्जना लिपीमा ‘उत्सव’ लेख्नुभयो र मुस्कानसहित सबैलाई देखाउनुभयो । दिउँसोको करीब १ बजेतिर उत्सवस्थल छिर्नुभएकी उपप्रमुख डंगोल कुनैबेला स्टलहरुको अवलोकनमा व्यस्त हुनुहुन्थ्यो भने कुनैबेला उत्सवमा सहभागीहरुसँग मुस्कानसहित तस्बिर र सेल्फी खिच्न व्यस्त बन्नुहुन्थ्यो । महोत्सवमा राखिएको टेलिस्कोपबाट थोरै धब्वा लागेको सूर्य निहाल्न व्यस्त बन्नुहुन्थ्यो ।
उहाँसँसँगै करीब चार घण्टा नाराणचौरमै घुमफिर गरेपछि हामीलेले उहाँसँग वाउ उत्सवबारे केही जिज्ञासा राख्यौँ । हामीले वाउ फाउन्डेशनकी कार्यकारी निर्देशक कोलेट बेइलीसँग पनि वाउ फाउन्डेशन र सम्मेलनबारे जिज्ञासा राख्यौँ । त्यस्तै व्रिटिस काउन्सिल आटर््स दशिक्षण एसियाकी निर्देशक जिल रिचेन्सले र व्रिटिस काउन्सिलको नेपालको आट्स निर्देशक युक्ता वर्जाचार्यले वाउ उत्सवबारे केही जानकारी गराउनुभयो ।
वाउ महोत्सव पहिलो पटक सन् २०१७ मा ललितपुरमा मनाइएको थियो । महोत्सव वाउका संस्थापक जुड केलीले आयोजना गर्नुभएको थियो । यसमा ब्रिटिश काउन्सिलको साझेदारी रहेको थियो । दोस्रो पटक पनि सन् २०१८ मा ललितपुरमा, सन् २०१९ मा जनकपुरमा सन् २०२० र २०२१ मा अनलाइनबाट आयोजना गरिएको थियो । छैटौँ संस्करण सन् २०२२ मा लुम्बिनीमा आयोजना भएको थियो ।