मेडिकल व्यवसायी प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थपको अनुमति
काठमाडौं, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।
अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।