रामगोपालपुर २ महोत्तरीका वडाध्यक्षमा एमालेका खाँ विजयी
महोत्तरी, १७ मङ्सिर । महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष पदमा एमालेका उम्मेदवार सकिवुल खाँ विजयी भएका छन् ।
हिजाे भएकाे उपनिर्वाचनमा एमालेका खाँले ६ सय ३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी आरतीदेवी यादलेव ५ सय ३४ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाएका छन् । उपनिर्वाचनमा कुल मतदातामध्ये १ हजार ५१४ (७०.७१) मत खसेको थियो । वडाध्यक्ष मुकेश यादवको दुर्घटनामा मृत्यू भएपछि सो पदपूर्तिका लागि यस वडामा उपनिर्वाचन भएको हो । वडाध्यक्ष मुकेश नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।