नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना महर्जन निर्वाचित
ललितपुर, २२ पुस । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ ।
निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनुभएको छ । काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित हुनुभएको छ । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।
काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्षद्धयमा श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित हुनुभएको छ । सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, गंगा थापा मगर र अनुप सुवेदी निर्वाचित हुनुभएको छ ।
वाग्मती प्रदेश कमिटीको उपाध्यक्षद्धयमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभएको छ । सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित हुनुभएको छ ।