काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं, २३ पुस । काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस भएको छ । ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्कासँगै काठमाडौंका नागरिकहरु घर बाहिर निस्किएर सडकमा पुगेका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।