बिहानै गएकाे शक्तिशाली भूकम्प ७ रेक्टर स्केल मापन

काठमाडौं । मंगलवार बिहान काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको ठूलाे धक्का महसुस भएको छ ।

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेकाे जनाएकाे छ ।

भूकम्पको धक्का महसुस भएपछि नागरिकहरु घरबाहिर निस्किएका थिए ।