अछामी विष्टको रावलमाथि आरोपः कवास र कपासको नारा लगाएर एमाले विगार्ने ‘मण्डले’ शैलीका नेता हुन (भिडियो)

काठमाडौं, २४ पुस । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा भेटिनु भएका डाक्टर भीम रावलको जिल्ला अछामका एमाले नेता हंसबहादुर विष्टले नेता रावलप्रति आक्रोश व्यस्त गर्नुभएको छ । नेकपा (एमाले) मा रहँदा एमालेका नीति, बिचार र निर्णयलाई पटकपटक लत्याउँदै र आलोचना गर्दै आउनु भएका डा. रावल केही समय अघि मात्रै पार्टीबाट निष्कासित हुनुभयो ।

पार्टीबाट निष्कासित भएपछि रावलले करीब ३५ पृष्ठ लामो बिलौनापत्र बाचन गर्दै देशभर ‘मातृभूमि जागरण अभियान’ चलाउने भ्रम फैलाइदिनुभयो । उहाँका ती भ्रमले मूलधारका मिडिया र युट्युवहरु रंगिन बने । ७४ बुँदामा समेटिएको उहाँको बिलौना पत्रमा रावलले चार दर्जन पटक वर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति कुण्ठाग्रस्त आक्रोशका मट्याङ्ग्राहरु धाराप्रवाह रुपमा हान्नुभयो ।

राष्ट्रघाती, भ्रष्टाचारी, अन्यायी, दुष्ट जस्ता तुच्छ शब्द मात्रै होइन प्रधानमन्त्री ओलीको नाम नै लिएर रावलले स्वेच्छाचारी, निरंकुश, तानाशाही, ध्वंसात्मक, कुण्ठाग्रस्त, षड्यन्त्रकारी, पूर्वाग्रही, अलोकतान्त्रिक भएको समेत तथ्यहीन र कुण्ठाग्रस्त आरोप लगाउनुभयो ।

रावलले यति धेरै आरोप आफ्ना अध्यक्षप्रति लगाउँदै गर्दा विष्टले पनि रावललाई कुनै बेला शक्तिशाली बनेका बेला अपनाएको निरंकुश शैली स्मरण गर्न सुझाव दिनुभयो । उहाँले रावलले एमाले छाड्दा एमालेमा कुनै असर नपर्ने भन्दै धेरै पहिला नै पार्टीले कारबाही गर्नुपर्ने तर्क गर्नुभयो । रावल कम्युनिष्ट नै नभएको समेत तर्क विष्टले गर्नुभयो । उहाँले आफूहरुले नै नेता बनाएको भन्दै उल्टै घमण्ड्याई गरेको पनि आरोप लगाउनुभयो । ‘उहाँको सुरुदेखि नै व्यवहार, बोली केही पनि कम्युनिष्ट आचरणसँग मिल्ने खालको थिएन,’ विष्टले भन्नुभयो, ‘उहाँले कम्युनिष्ट र माक्र्सवादका धेरै किताव पढ्नु भएको छ, बुझ्नु पनि भएको छ । तर, उहाँको आचरण कम्यनिष्ट छैन ।’

उहाँ नेता हुँदा निरंकुश शैली अपनाउने गरेको पनि विष्टले स्मरण गर्नुभयो । ‘कमरेड यसो गर्नु हुँदैन है भन्यो भने त्यसो भन्ने वितिक्कै कारवाही गर्ने खालको शैली थियो उहाँको,’ विष्टले भन्नुभयो, ‘तपाईँ नै हो सबै कुरा भनेर उहाँको चाकरी गर्यो भने अघि बढाउने तर, यो त पार्टी हित विपरीत हुन्छ भन्यो भने अघि बढ्न नदिने कारवाही गर्ने खालको निरंकुश शैली थियो ।’

उहाँले प्रसस्त पेलान खेपेको पनि स्मरण गर्नुभयो । रावलले कैलालीमा कर्णाली वारीको समाज (कवास) र कर्णाली पारीको समाज (कपास) को नारा लगाएर एमालेलाई धेरै क्षति गरेको पनि स्मरण गराउनुभयो । ‘उहाँमा मेरो मात्रै चल्नुपर्छ, म मात्रै नेता हुनुपर्छ भन्ने शैली थियो,’ उहाँले भन्नुभयो, ‘रावल स्वर्गीय नैनबहादुर स्वाँरको नजिकको मान्छे हो । उहाँ राजवादी र मण्डले हो । उहाँको सातपुस्ते हामीसँग छ ।’