भान्सामा सिकेको सीपलाई सरसफाइसँग जोड्दै बजारीकरण गर्न महानगरको ‘परम्परागत खाद्य मेला’

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना कार्यक्रम अन्र्तरगत परम्परागत खाद्य सीप भएकाहरुको सभागितामा दरबार हाइस्कुलमा आज ‘परम्परागत खाद्य मेला’ को आयोजना गरेको छ । भान्सामा सिकेको सीपलाई बजारीकरण गर्ने उदेश्यले महानगरपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको हो । रैथाने खाना बनाउने कुरामा मात्रै होइन त्यहि सीपलाई सरसफाईसँग जोड्ने, सामान किन्दा मिति गुज्रिएको सामान प्रयोग गर्नु हुँदैन भन्ने जस्ता कुराहरुबारे जानकारी गराउन पनि यस्तो कार्यक्रम गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
खाद्य स्वच्छताका लागि महानगरपालिकाले प्रदान गर्दै आएको क्षमता विकास तालिममा आज परम्परागत खाद्य सीप भएका मां पुचः, भौ–मचा पुचः, म्ह्याय्–मचा पुचः का करीब ५ सयको सहभागिता रहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
‘तलिम त अरु–अरुलाई पनि दिएका छौँ । उहाँहरुको सीप घरको भान्छामा मात्रै सिमित थियो । अहिले उहाँहरु विस्तारै बजारमा आउन थाल्नु भएको छ,’ उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘त्यसलाई व्यवसायिक पनि बनाउन थाल्नु भएको छ । हामीले उपभोक्ता हितको कुरा गर्दा नागरिक सचेत हुनुपर्छ भनेका छौँ । त्यसलाई पनि ख्याल गरेर यो तालिम दिएका हौँ ।’
भिडियो रिपोर्ट