यू-१९ महिला विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै, जित्नैपर्ने दबाब

काठमाडौं,९ माघ । आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ।
मलेसिसाको बांगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेदेखि खेल सुरू हुनेछ।
आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि दुवै खेलमा पराजित भएको नेपालले सुपर सिक्स सम्भावनालाई जिवित राख्न आजको खेल जित्नुपर्नेछ।
यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।
नेपाली टिममा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ छन्।