त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं, २० माघ । त्रिकोणात्मक टी ट्वान्टी महिला आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो ।