काठमाडौंकाे तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौं, २ चैत । काठमाडौंकाे तीनकुनेमा टिपरले ठक्करदिंदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रा१ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो ।

टिपरले आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सुकराम र रमेश घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान उनीहरुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

ठक्कर दिने टिपरका चालक फरार रहेका छन् । टिपरको मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।