मातातीर्थमा दिवंगत आमाको सम्झना…..तस्बिरहरू

काठमाडौं, १४ वैशाख । आमाको मुख हेर्ने पर्व अर्थात वैशाख कृष्ण औँसीका दिन आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर आमाको मुख हेर्ने दिन मनाइँदैछ । भने दिवंगत आमाको सम्झनामा काठमाडौंको मातातीर्थमा विहानैदेखि दर्शन गर्नेको भीड लागेको छ ।

आमा नहुनेहरू आज बिहानै मातातीर्थमा गई स्नान गरी दिवंगत आमाको सम्झना गर्दै भगवानकाे दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक माता तीर्थमा श्राद्ध गर्दा पुन्य कमाइने मान्यता छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस