आइसीसी महिला टि२० विश्वकप एसिया छनोट

बहराइनविरुद्ध नेपाल नौ विकेटले विजयी

काठमाडौँ, २७ वैशाख । नेपालले शनिबार बहराइनलाई नौ विकेटले हराएर आइसीसी महिला टि२० विश्वकप एसिया छनोटमा पहिलो जित हात पारेको छ । नेपालले आफ्नो पहिलो खेलमा हङकङसँग अङक बाँडेको थियो । नेपाल र हङकङबिचको खेल वर्षाले रद्द भएको थियो ।

थाइल्यान्डको बैंककस्थित टडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाका कारण पाँच–पाँच ओभरमा कटौती गरिएको थियो । टस जितेर नेपालले बहराइनलाई पहिले ब्याटिङ गर्ने निमन्त्रणा दियो । यद्यपि बहराइनले पाँच ओभरमा एक विकेटको क्षतिमा ४१ रनब बनाएर राम्रो ब्याटिङ गरेको थियो । बहराइनकी दिपिका रसन्गिकाले १३ बलमा अविजित रहँदै ३४ रन बनाइन् । उनको पालिमा छ चौका र एक छक्का सामेल थियो । अर्की प्रारम्भिक ब्याटर थारंगा गजनायके १२ बलमा तीन रन बनाएर आउट हुनुभएन ।नेपालकी सबनम राईले एक ओभरमा २० रन खर्चिन् । यसैग्री कविता कुँवरले दुई अ‍ेभरमा छ र पुजाले दुई ओभरमा १३ रन दिए ।

नेपालले ४.२ ओभरमा एक विकेटको क्षतिमा ४२ रन बनाएर लक्ष्य हासिल गर्यो । कविताले लक्ष्य पछ्याउने क्रममा ११ बलमा चार चौकासहित १८ रन बनाएर अलराउन्ड प्रदर्शन गरिन् । कविता रनआउट भइन् । कविता नै सर्वश्रेष्ठ खेलाडी घोषित भइन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ र कप्तान इन्दु वर्मा ५ बलमा सात रन बनाएर अविजित रहे ।

नेपालले यस जितसँगै दुई खेलमा तीन अङ्कसहित आप्mनो समूहमा शीर्ष स्थानमा उक्लेको छ । नेपाललेमङगलबार हङकबङ र विहीबार बहराइनसँग खेल्नेछ । तीन समूहमा विभाजित प्रतियोगितामा हरेक समूहको शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान छ । तीनै समूहको शीर्ष टोलीले सुपर थ्रीमा प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।