कुस्तीमा हारेपछि रिङबाहिरबाट ढुंगा उचाल्नुको के अर्थ कुलमानजी !

काठमाडौं, वैशाख । २०७७ भदौमा आफ्नो पहिलो कार्यकाल सकिएपछि कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट बाहिरिनुभयो । घिसिङ बाहिरिएपछि करिब ३३ वर्षदेखि विद्युत प्राधिकरणमा निरन्तर काम गर्दै आउनु भएका हितेन्द्रदेव शाक्यलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ कात्तिक ११ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दियो ।
प्राधिकरणअन्तर्गत एनइए इन्जिनियरिङ कम्पनीको नेतृत्व सफल ढंगले सम्हाल्नु भएका र प्राधिकरण भित्रका अब्बल व्यक्ति शाक्यले २०७७ मंसिरमा कायममुकायम कार्यकारी निर्देशको जिम्मेवारी पाउनु भयो । त्यसैगरी ०७७ माघ २७ गते चार वर्षका लागि कार्यकारी निर्देशको जिम्मेवारी पाउनु भएका शाक्यले प्राधिकरणमा केही सुधारका संकेत देखाउँदै आउनु भएको थियो ।
केही गर्ने हुटहुटी र योजनासहित प्राधिकरणको नेतृत्वमा आउनु भएका शाक्य नेपालको अस्थिर राजनीतिको निशानामा पर्नुभयो अर्थात उहाँले प्राधिकरणको नेतृत्व सम्हालेसँगै नेपालको राजनीतिमा थप अस्थिरता सिर्जना भयो । ओली नेतृत्वको सरकार हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुभयो ।
उर्जा मन्त्रालयको जिम्मेवारी भने माओवादीका भागमा पर्यो र उर्जा मन्त्रालयको नेतृत्व माओवादी नेतृ पम्फा भुसालको काँधमा आयो । उहाँले उर्जाको नेतृत्व सम्हालेदेखि नै माओवादी अध्यक्ष प्रचण्डको नजर प्राधिकरणको नेतृत्वमा आफ्ना प्रिय पात्र कुलमानलाई ल्याउनेमा केन्द्रित थियो । नेतृत्व सम्हालेको छोटो समयमै केही सुधारका संकेत देखाउँदै आउनु भएका शाक्यलाई माओवादी र अझ त्यसमा पनि प्रचण्डको चाहनाका कारण विभिन्न प्रपञ्च रचेर २०७८ साउनमै कार्यकारी निर्देशकबाट हटाउने गलत हर्कत भयो । प्रचण्डको पूर्व तयारी अनुसार नै २०७८ साउन २४ गते मन्त्रिपरिषद् बैठकले शाक्यलाई बर्खास्त गरेर कुलमानलाई प्राधिकरणको नेतृत्वमा नियुक्त गरियो ।
शाक्यलाई भने ऊर्जा आयोगको सचिवालयमा विशेष पदको व्यवस्था गरेर थन्क्याउने हर्तक हुँदा शाक्यले त्यसलाई अस्विकार गरेर अदालतको ढोका ढक्ढकाउन पुग्नुभयो ।
लोडसेडिङ अन्त्यको मुकुन्डो र सामाजिक सञ्जालमा विषय वस्तुको गहिराइलाई राम्रोसँग नबुझि हल्लाका भरमा स्तूतिगान गाउने केही समूहको आडमा प्राधिकरणमा रजगत गर्नुभएका कुलमानलाई भने फेरि जसरी पनि प्राधिकरणको कुर्सीमा बस्ने मोह पलाएको थियो । प्रचण्ड दाहिना बन्दा उहाँलाई त्यो पद सजिलै प्राप्त भयो । प्राधिकरणको नेतृत्वको कुर्सीमा बस्ने हुटहुटीका सामू लामो समय प्राधिकरणमा सँगै काम गरेका शाक्यको बर्खास्तीमा समेत कुलमानको अलिकति पनि चित्त दुखेन । कुलमानले हितेन्द्रदेवले सम्मालिरहेको ठाउँमा ‘म जान्न’ भन्ने शब्द त निकाल्नु भएन नै उल्टै प्रचण्डको असली कार्यकर्ता जस्तो आफ्नो पक्षमा माहोल बनाउने खेलमा उहाँ सक्रिय बन्नुभयो ।
०७८ साउन ३२ गते आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्दै शाक्य सर्वोच्चको ढोका ढकढक्याउन पुग्दा पनि कुलमानलाई अलिकति पनि हिनताबोध भएन । शाक्यले त्यसपछि चार वर्ष लगातार न्यायको लडाईँ लड्नुभयो । वितेका यी चार वर्षमा राजनीतिमा प्रचण्डकै हालिमुहाली हुँदा कुलमानलाई पनि हाइसञ्चो भयो ।
त्यति मात्रै होइन शक्तिको दुरुपयोगलाई विभिन्न छिद्रमार्फत अदालतसम्म पुर्याउने र शाक्यलाई अन्यायको जाँतोमा निरन्तरनिरन्तर पिसिरहने खेलमा कुलमान पनि अदृष्य सहयोगी बनिदिनुभयो ।
त्यति मात्रै होइन शक्तिको दुरुपयोगलाई विभिन्न छिद्रमार्फत अदालतसम्म पुर्याउने र शाक्यलाई अन्यायको जाँतोमा निरन्तरनिरन्तर पिसिरहने खेलमा कुलमान पनि अदृष्य सहयोगी बनिदिनुभयो ।
शक्तिको दुरुपयोगका छिद्रहरु न्यायलयसम्म पुग्दा चार वर्षसम्म अर्थात शाक्यको कार्यकाल सकिँदासम्म पनि शाक्यको मुद्दा अदालतमा विचाराधीन नै रह्यो ।
शाक्य भने न्यायको कन्तविजोकलाई नजिकबाट नियान्दै आशा मारेर बस्नभयो ।
चार वर्षसम्म न्यायको ढोका ढकढक्याउँदा पनि न्यायको साँचो खोल्ने न्यायमूर्तीहरु मूर्ती जस्तो मात्रै बनेपछि शाक्यले सामाजिक सञ्जालमा ‘धन्यवाद, बाइबाइ, नमरी बाँचे कालले साँचे फेरी भेट होला, तब सम्मलाई बिट मारेँ है त’ भन्दै निकै भावुक स्ट्याटस लेखेर नेपाल विद्युत प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरूको जय होस् भन्नुभयो । न्यायको दियो मरेपछि उहाँले लेखेको त्यो स्ट्याटस उहाँले चार वर्षसम्म भोगेको हैरानीको पहाड थियो ।
तर, उहाँले स्ट्याटसमा ‘नमरी बाँचे कालले साँचे फेरी भेट होला’ भनेर लेखे जस्तै मुद्दाको फैसला नहुँदै फेरि उहाँ प्राधिकरमा फर्किनुभयो । उहाँ प्राधिकरणमा फर्किनु मात्रै भएन प्राधिकरणमा फर्किपछि नेपाल विद्युत प्राधिकरणको चित्र छर्र्लङ्ग देखाउँदै उहाँले श्वेतपत्र जारी गरिदिनुभयो ।
कुलमान जस्तो लपनछपन नजान्ने र प्राविधिक ज्ञान प्रसस्त भएका शाक्ले अथक प्रयासबाट श्वेतपत्र जारी गरेपछि अहिले सबै भन्दा बढी टाउको दुखाई पछिल्लो समय कुलमानलाई भएको छ ।
लोडसेडिङ अन्त्यको मुकुन्डोमा लामो समय प्राधिकरणमा रजगज गर्नुभएका कुलमान अहिले विभिन्न मिडिया चाहर्दै शाक्यलाई खुइल्याउने खेलमा लाग्नु भएको छ ।
चार वर्षको नियुक्ति पाउनु भएका शाक्यलाई ७–८ महिना पनि विताउन नपाउँदै गल लगाएर हटाउँदा र आफूले नेतृत्व सम्हाल्दा कुलमानमा देखिएको खुशी केही महिना मात्रै बाँकी रहेका बेला त्यो पनि स्टन्टका भरमा सरकारलाई नै पटक–पटक चुनौति दिएपछि हटाउँदा भने त्यहि खुशी आक्रोशमा परिणत भएको छ ।
चार वर्षको नियुक्ति पाउनु भएका शाक्यलाई ७–८ महिना पनि विताउन नपाउँदै गल लगाएर हटाउँदा र आफूले नेतृत्व सम्हाल्दा कुलमानमा देखिएको खुशी केही महिना मात्रै बाँकी रहेका बेला त्यो पनि स्टन्टका भरमा सरकारलाई नै पटक–पटक चुनौति दिएपछि हटाउँदा भने त्यहि खुशी आक्रोशमा परिणत भएको छ ।
हो, १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने उखानलाई समेत गलत सावित गर्दै शाक्यका सन्र्दभमा पनि ठ्याक्कै चार वर्ष पनि वित्न नपाउँदै न्यायको खोलो फर्किएको छ । अहिले ठ्याक्कै चार वर्ष अगाडिको घटनाक्रम दोहोरिएको छ तर, ठ्याक्कै उल्टो । त्यतिबेला कुलमानका पक्षमा प्रचण्ड दाहिना हुँदा शाक्यलाई कत्लेआम गर्दै प्राधिकरणको नेतृत्वको साँचो कुलमानलाई प्राप्त भएको थियो ।
छोटो समयमै आफूलाई कुनै मौका समेत नदिई गलहत्याउँदा सोझा हितेन्द्र पीडाका आँसु पिएर भए पनि न्यायको धिपधिपेको खोजिमा लागिरहनुभयो र आफूलाई अन्याय परेको भन्दै करिब ४ वर्ष अदालत निरन्तर धाउनुभयो । अदालत निरन्तर उहाँले धाउनुभयो तर कहिल्यै पनि उहाँले कुलमानको विरुद्धमा बोल्नु भएन उहाँले आफूले न्याय नपाएको मात्रै दलिल मात्रै पेश गरिरहनुभयो । उहाँले चार वर्ष साढे दुई दर्जन पटक पेसी धाउनुभयो ।
हो, कसैको पीडा हलुका अनि कसैको पीडा गहकिलो हुँदैन । अहिले कुलमानलाई पनि आफ्नो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेका बेला नहटाएको भए हुन्थ्यो भन्ने पीडा पनि होला । तर, कुलमानले आफू पीडित भएँ भनेर कोकोहोलो गर्दै गर्दा चार वर्ष अघि आफ्नै सहकर्मीमाथि अन्याय हुँदा सहानुभूति देखाउनु भयो कि भएन ? यो गम्भीर प्रश्न छ ।
अहिले कुलमानको खेती नै विभिन्न खाले मिथ्या आरोप लगाएर हितेन्द्रदेवलाई नङ्ग्याउने बनेको छ । कहिले श्वेतपत्र हितेन्द्रदेवको होइन भन्दै भ्रम सिर्जना गर्ने त कहिले प्राधिकरण घाटामा देखाउनु गलत हो भन्दै डंका पिट्ने काममा उहाँ लाग्नु भएको छ । आफू मात्रै राम्रो अरु सबै खराव भन्ने भाष्य निर्माण गर्ने हर्कतमा कुलमान निकै अघि हुनुहुन्छ । उहाँको यो हर्कत कुस्तीमा जित हात पार्न नसकेपछि रिङ बाहिर गएर ढुंगा उचाले जस्तै हो । त्यसलाई खेलको नियम अनुसार गलत भनिन्छ । अहिले कुलमान पनि रिङ बाहिरबाट गलत प्रयास गरिरहनु भएको छ ।