फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
काठमाडौँ, २१ असार । नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ । आर्मीले शनिबार फाइनलमा सुदुरपश्चिम प्रदेशलाई २–० ले हरायो ।
शनिबार नै भएको सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ६—० र सुदुरपश्चिमले गण्डकीलाई २—१ ल्े हराएका थिए ।
भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा भएको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र द्धितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा आठ गोल गर्न सफल सुदुर पश्चिम प्रदेशकी आसिका एस के स प्लेयर अफ सर्वाधिक स्कोरर र नेपाल आर्मीकी सरस्वती तामाङ उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी बेष्ट डिफेन्डरमा सुदुर पश्चिम प्रदेशकी पूर्णिमा नेगी, वेस्ट गोलकिपर नेपाल आर्मीकी कुश्मा रानामगर र उदयीमान खेलाडी बागमती प्रदेशकी सपना तामाङ चुनिए ।