मौसम अपडेट

काठमाडौंको मौसम बिग्रिएपछि यति एयरलाइन्सको जहाज पोखरा डाइभर्ट

काठमाडौँ, असोज १८ । विराटनगरबाट काठमाडौंको लागि उडेको यति एयरलाइन्सको एक जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि पोखरामा डाइभर्ट गरिएको छ । काठमाडौंको मौसम प्रतिकूल बनेका कारण ६९ जना यात्रु बोकेको उक्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

पोखरा विमानस्थल भने हाल सञ्चालनमा रहेको छ। विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीका अनुसार विराटनगरबाट आएको जहाज पोखरामा अवतरण गरेको र मौसममा सुधार आउनासाथ पुनः काठमाडौं फर्किने तयारी गरिएको छ ।