एमाले सचिवालयको तेस्रो दिन पनि बैठक बस्दै, आज अध्यक्ष र तीन सचिवले धारणा राख्ने

काठमाडौं, १० जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज तेस्रो दिन पनि जारी रहनेछ ।आजको बैठक विहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको प्रवक्ता लेखराज भट्टले जानकारी दिनुभयो । सचिवालयमा रहेका १९ जना नेता मध्ये दुईदिनमा १४ जनाले नेताले आफ्ना धारणा राखिसकेका छन् । आज चार जना सचिवहरुले धारणा राख्नेछन् । बैठकमा बोल्न बाँकी रहेका सचिवहरुमा भानुभक्त ढकाल,शेरधन राई,खगराज अधिकारी र यामलाल कडेंल हुनुहुन्छ । उहाँहरुले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्ने कार्यसुची छ ।अध्यक्ष ओलीले पार्टीको समग्र अवस्था,निर्वाचनमा पराजयको कारणा र नेताहरुले उठाएका विषयको जवाफ दिने तयारी रहेको एक नेताले जानकारी दिए ।