इरानयुद्धबाट पछि हट्दै नयाँ कूटनीतिक समझदारीतर्फ अघि बढ्ने ट्रम्पको संकेत
काठमाडौं । इरानसँग अमेरिकाले नयाँ कूटनीतिक समझदारीतर्फ अघि बढ्ने संकेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो कुराको संकेत गर्नुभएको छ । इरानसँगको सम्भावित सम्झौता नजिक रहेको भन्दै ट्रम्पले होर्मुज जलमार्ग अब खुल्ने संकेत पनि गरेको सीएनएनले लेखेको छ ।
ट्रम्पले मध्यपूर्व तनाव कम हुने संकेत दिँदै पत्रकारहरूसँग इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका हुन् । सम्झौता धेरैजसो वार्ताबाट टुंगिएको र होर्मुज जलमार्ग खुलेसँगै विश्वका लागि राम्रो कुरा उनको संकेत छ । ट्रम्पले सम्भावित सम्झौताबारे विस्तृत जानकारी भने दिएका छैनन् । तर अमेरिकी प्रशासनभित्र इरानसँग आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र समुद्री मार्ग सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ ।