राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
काठमाडौं, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएकाे छ ।
उहाँ प्रोटेस्टसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएकाे हाे ।
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार उहाँलाई आज बिहान उपचारार्थ भर्ना गरिएको जनाइएकाे छ ।