फुटबलरकी श्रीमती र बच्चा अपहरण
क्विटो (इक्वेडर) ११ वैशाख । इक्वेडरका फुटबल खेलाडी ज्याक्सन रोड्रिगेजकी श्रीमती र पाँच वर्षीय छोरालाई बुधबार बिहानै अपहरण गरिएको छ । अपहरणकारीहरु फुटबलर रोड्रिगेजको खोजीमा घर छिरेका थिए । यद्यपि रोड्रिगजलाई नभेटाएपछि उनीहरुले रोड्रिगेजकी श्रीमती र छोरालाई अपहरण गरेको प्रहरीले जनाएको छ । रोड्रिगजले आफू ओछ्यानमुनि लुकेकोले जोगिन सफल भएको बताएका छन् ।
सरकारले दस दिनअघ ग्वायजसहित दस प्रदेशलाई आपतकाल घोषणा गरेको समयमा भएको हो । प्रहरस्का अनुसार इकवेडरमा पछिल्ला चार वर्षदेखि असुरक्षा र अपराधले सताएको छ । जनवरी र मार्चको बीचमा मात्र २,३४५ जनाको हिंसामा मृत्यु भएको छ ।
विगतमा अन्य खेलाडीहरूलाई पनि लक्ष्यित गरेर यस्तो घटना भएका छन् । सन् २०२४ को डिसेम्बरमा लिगा डे क्विटोका लागि खेल्ने फुटबल खेलाडी पेड्रो पेर्लाजालाई पनि एस्मेराल्डास शहरबाट अपहरण गरिएको थियो । उनको केही दिनपछि जीवित उद्धार गरिएको थियो । एपी