एनओसी अध्यक्ष श्रेष्ठलाई ओसिएका उपाध्यक्षको बधाइ
काठमाडौँ, १७ वैशाख । ओलम्पिक काउन्सिल अफ एसियाका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का सदस्य जिगेल उगेन वाङचुकले नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन् वाङचुक भुटान ओलम्पिक कमिटीका अध्यक्ष पनि हुन् ।
उहाँको पत्रमा उल्लेख छ– दक्षिण एसियाका नेसनल ओलम्पिक कमिटी र भुटान ओलम्पिक कमिटीको तर्फबाट बधाई दिन चाहन्छु । पुनः निर्वाचित हुनुभनेको नेपाली खेलकुद क्षेत्रको तपाईँप्रति निरन्तर विश्वासको प्रतिबिम्ब हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले यसै महिना नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट चुनिएको कार्यसमतिलाई मान्यता दिएको थियो । आइओसीले एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गर्दै ओलम्पिकको निर्वाचनलाई औपचारिक आधिकारिकता दिएको पत्र पठाएको छ । गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।