अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा
साओ पाउलो, २३ जेठ । विश्वकप फुटबल दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई शुक्रबार इक्वेडरले गोलरहित बराबरीमा रोकेको छ । यस नतिजाले ब्राजलका नयाँ प्रशिक्षक कार्लो एन्सोलोटीको पदार्पण खल्लो बन्यो ।
अङक तालिकामा इक्वेडर २४ अंकका साथ दोस्रो र ब्राजिल २२ अंकका साथ चौथो स्थानमा छन् । दक्षिण अमेरिक समूहबाट शीर्ष छ टोली स्वतः आगामी विश्वकपमा चयन हुने प्रावधान रहेको छ ।
यसैगरी विश्व च्याम्पियन अर्जेन्टिनाले भने दशौँ स्थानमा रहेको चिलीलाई १–० ले हरायो । विश्वकपमा पहिले नै आफ्नो स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले गोल गरे ।
एजेन्सी
तस्बिर साभार ः एपी