सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्दा चाँदी भने उकालो लाग्यो

काठमाडौँ, २० वैशाख । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले ओरालो लागेको हो।

महासङ्घले तय गरेको बजार मूल्यअनुसार, आज सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य ओरालो लागे पनि आज चाँदीको मूल्य भने बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको कारोबार उच्च बिन्दुमै रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ६१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।