रातो सुटकेसबाट अल्लोको झोलामा बोक्ने बजेट वक्तव्य यो पटक नेपाली कागजको फाइलमा

काठमाडौं, १५ जेठ । पहिला पहिला आर्थिक वर्षको बजेट वक्तव्य रातो सुटकेसमा बोकेर अर्थमन्त्रीले ल्याउने र त्यहाँबाट निकालेर पढ्ने चलन थियो । पछिल्लो समय त्यो परम्पराको अन्त्य गर्दै तत्कालीन अर्थमन्त्री वर्षमान पुन र विष्णु पौडेलले नेपालमा अल्लोबाट बनेको झोलामा बजेट वक्तव्य बोक्ने र त्यहाँबाट निकालेर पढ्ने चलन सुरु गर्नुभएको थियो । ती दुबै परम्परालाई तोड्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक २०८३–८४ को बजेट नेपाली कागजको फाइलमा ल्याउनु भएको छ । उहाँल विगतको परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट वक्तव्य ल्याउनु भएको छ । आज संसदमा त्यहि बजेट वक्तव्य पढ्ने तयारी छ ।