२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइयो
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक २०८३–८४ को बजेट भाषणमा कर प्रणालीमा व्यापक परिवर्तन गरिएको बताउनु भएको छ । २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको, ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको र ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले हाल १,११२ भन्दा बढी वस्तुमा लाग्दै आएको व्यवस्था परिमार्जन गरिएको र पूर्वाधार कर र सडक दस्तुरलाई हरित करअन्तर्गत समावेश गरिएको उल्लेख गर्नुभयो ।