दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च

Maitrinews

  काठमाडौँ । दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य ६ वर्षयताकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मुल्य घटेर ४७…

मलेसियासँग कात्तिक १२ मा श्रम सम्झौता हुने

Maitrinews

काठमाडौँ । नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी एमओआईको मिति तय भएको छ । दुई देशका श्रममन्त्रीले समझदारीमा कार्तिक १२ गते काठमाडौंमा हस्ताक्षर गर्ने भएका छन् । श्रम, रोजगार तथा सामाजीक सुरक्षा सचिव महेशप्रसाद दाहालका अनुसार श्रम समझदारीमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरान कार्तिक ११ गते नेपाल आँउदैछन्। ‘मलेसियासँग श्रम समभदारीको…

डलर बलियो बन्दा नेरु र भारु कमजोर

Maitrinews

काठमाडौँ । सन् २०१८ सुरु भएपछि निरन्तर रूपमा डलर बलियो बन्दै गएको छ । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमय दर करिब ११९ रुपैयाँ नजिक पुगेको हो । पछिल्ला दिनहरूमा डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ । सोमबार एक सय १८ रुपैयाँ ३३ पैसा पुगेको डलर मंगलबार एक सय १८ रुपैयाँ ८० पैसा…

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई

Maitrinews

स्टकहोम । अमेरिकी दुई अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । नोबेल पुरस्कार छनोट समितिले येले विश्वविद्यालयका प्राध्यापक विलियम नोर्धाउस र न्युयोर्क विश्वविद्यालयका प्राध्यापक पल रोमरलाई उहाँहरुले गर्नु भएको अनुसन्धानका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो । नोर्धाउसले जलवायु परिवर्तनलाई दीर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्ने सम्बन्धी खोज गर्नु भएको छ…

चिनीः मूल्य विवादको ‘स्थायी समाधान खोजिँदै

Maitrinews

काठमाडौँ । सरकारले चिनीको मूल्यमा सधैँ देखिने गरेको विवादको स्थायी समाधान खोज्ने जिम्मेवारी मन्त्रिपरिषद्‍द्वारा गठित नयाँ समितिलाई दिइएको जनाएको छ। दशैँअघि मूल्य समायोजनको विषय चाहिँ समितिको क्षेत्राधिकारभित्र नरहेको सरकारका प्रवक्ताले बताएका छन्। मन्त्रिपरिषद्ले चिनीको मूल्य विवाद समाधानका निम्ति ुरणनीतिक अध्ययन गर्ने जिम्मेवारीसहितु राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय समिति आइतवार गठन गरेको…

चन्द्रागिरि हिल्सलाई नेपालको उत्कृष्ट गन्तव्य पुरस्कार

Maitrinews

चन्द्रागिरि । नेपालको चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त लिमिटेडलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । नयाँ दिल्लीमा शुक्रबार आयोजित १४ औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा…

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

Maitrinews

काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । ‘महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘थप विवरण केहीवेरमा सार्वजनिक गर्छौं ।’…

काठमाडौं–तराई द्रुतमार्गको डीपीआरको जिम्मा कोरियन कम्पनीलाई

Maitrinews

काठमाडौं–तराई द्रुतमार्ग (एक्सप्रेस वे)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा कोरियन कम्पनी सुसुङ इन्जिनियरिङलाई दिइएको छ । सोसम्बन्धी खरिद–बिक्री सम्झौतामा द्रुतमार्ग निर्माणको समन्वय गरिरहेको नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका अध्यक्ष किह्युन ह्वाङले हस्ताक्षर गरेका छन् । कम्पनीलाई १० करोड १२ लाख २७ हजार रुपैयाँसम्ममा डिपिआर तयार गर्ने जिम्मा दिइएको हो । ४ कात्तिकबाट डिपिआर निर्माण…

स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु

Maitrinews

पोखरा । स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइ एम एस गु्रप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ एम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर“ ल्याएको छ । स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य…

आइएमई लिमिटेड र एन्टिक फेसन स्टोरवीच सम्झौता आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूलाई ३० प्रतिशत छुट

Maitrinews

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेसन स्टोरवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा तीस (३० ) प्रतिशतसम्म छुट प्राप्त गर्नुहुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास…