स्याङ्जामा मुसलधारे पानीपछि गएको पहिरोले एकै परिवारका चारजनाको ज्यान लियो

maitrinews

स्याङ्जा । गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षीया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम मश्राङ्गी र १…

सभामुखको ठाडो आदेशमा चारजना कर्मचारी नियुक्त

maitrinews

  काठमाडौं । सभामुख ओनसरी घर्तीमगरको ठाडो आदेशमा संसद् सचिवालयमा चारजना कर्मचारी नियुक्त गरिएको छ । आर्थिक मितव्ययिता कायम गर्न खाजा र खानाको कुपन बन्द गरेको दाबी गर्ने सभामुख घर्तीमगरले कर्मचारी भर्ती गर्दै संसद् सचिवालयको आर्थिक भार बढाउने काम गर्नुभएको छ । उहाँका जिल्लाका दुईसहित चारजनालाई ठाडो आदेशमा संसद् सचिवालयमा करारमा नियुक्त गरिएको हो ।…

लामाबगरमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु, पाँच जना बेपत्ता

maitrinews

  दोलखा। दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभएको छ । हराइरहेका सातमध्ये हालसम्म दुईजनाको शव पहिरोभित्रबाट निकालिएको छ । भेटिएका एकको शव २० वर्षीय जोतुले तामाङको रहेको र अर्कोको पहिचान नभएको बताइएको छ । पहिरोले स्थानीयवासीको…

प्रचण्ड सरकार भित्रको चरम खटपटले सरकारको आयु घट्दै

maitrinews

काठमाडौँ । नेकपा एमाले नेतृत्वको सरकारमा मालदार मन्त्रालयसँगै निकै ठूलो हैसियतमा बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ल्याप्चे म्यादी प्रधानमन्त्री पदले निकै हैरानी बनाएको छ । एमालेसँगको गठबन्धन टुटाएर कांग्रेससँग गठबन्धन गर्न पग्नु भएका प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गर्न कांग्रेस, राप्रपा, नेकपा संयुक्तसहितका १६ दलले समर्थन गरेका थिए । तर, अहिले प्रचण्ड सरकारमा कांग्रेस, राप्रपा, नेकपा…

राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

maitrinews

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो…

चेम्वर कार्यसमितिमा श्रेष्ठ र ढकाल

maitrinews

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सले रणबहादुर श्रेष्ठ र नवराज ढकाललाई कार्य समिति सदस्यमा मनोनयन गरेको छ । कार्यसमिति सदस्य रणबहादुर श्रेष्ठ नेपाल सरकारका पूर्वसचिव र नवराज ढकाल पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक हुनुहुन्छ । कार्यसमितिमा सदस्यद्वयको नियुक्तिले चेम्वरले प्रदान गर्दै आएको सेवा थप प्रभावकारी बन्ने चेम्वरको विश्वास रहेको छ ।

एमालेलाई साथमा लिएर अगाडि नबढ्ने हो भने देश भड्खालोमा जान्छः गणेश शाह

maitrinews

काठमाडौँ । संयुक्त माक्र्सवादीका अध्यक्ष गणेश शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डसँग अथाह चुनौतीहरु रहेको भन्दै सबै दललाई मिलाएर नगए संविधान कार्यान्वयन नहुने खतरा रहेको औल्याउनु भएको छ । कांग्रेस–माओवादी गठबन्धनलाई बलियो बनाउन विशेष भूमिका खेलेका शाहले मैत्री न्युजसँग कुराकानी गर्दै यस्तो औल्याउनु भएको हो । ‘प्रचण्डलाई सबै भन्दा पहिलो चुनौती भनेको मधेसवादी…

भारतको सिमलामा ६ नेपालीको मृत्यु

maitrinews

रोल्पा । भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उहाँकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र…

एउटा ट्राफिक प्रहरीको भागमा ९०६ सवारी साधन, कसरी सम्भव हुन्छ सडक सुशासन ?

maitrinews

काठमाडौँ । अहिले सडक सुशासनमा खटिने ट्राफिक प्रहरीले औसत दैनिक ९०६ सवारी व्यवस्थापन गर्नुपर्छ । पछिल्लो समय सवारी दुर्घटना बढेसँगै सवारी नियम कार्यान्वयनको उच्च प्रयास सरकारले गरे पनि नियम पालना गराउने जनशक्ति भने सारै न्यून रहेको पाइएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको जानकारी अनुसार ट्राफिक प्रहरीको अहिले स्वीकृत दरबन्दी दुई हजार ३६५…

ललितपुरमा विद्यार्थी शून्य भएका १९ वटा निजी विद्यालयको दर्ता खारेज गरिदै

maitrinews

ललितपुर । विद्यार्थी शून्य भएका जिल्लाका निजी विद्यालय बन्द हुने भएका छन् । ललितपुर जिल्लामा पनि पहिलोपटक सञ्चालनमा नभएका विद्यालयको दर्ता खारेज गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । १९ वटा विद्यालयको दर्ता खारेजीको प्रक्रिया अघि बढेको छ । १६ ओटाको नाम प्रकाशित भइसकेको छ । तीनवटा छुटेकामा तीनको समेत छिट्टै नाम प्रकाशित हुने…