नेपालको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा : श्रेष्ठ

maitrinews

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले नेपालको अर्थतन्त्र र आर्थिक वृद्धिदर यतिवेला इतिहासकै कमजोर अवस्थामा रहेको बताउनुभएको छ । उहाँले गत बर्षको विनासकारी भूकम्प, भारतको नाकावन्दी र तराई आन्दोलनकाकारण झण्डै छ महिनासम्म आर्थिक गतिविधि प्रभावित हुँदा यस्तो भएको बताउनुभयो । यस्तो अवस्थामा वल्लतल्ल अर्थतन्त्रमा रक्तसञ्चार हुन लागेकावेला फेरि सरकार परिवर्तनको प्रभाव परेको उहाँले…

प्रमुख प्रतिपक्षी दललाई खुसी नपारी विदेश चाहरेर मुलुकको समस्या समधान हुँदैन —हिरण्यलाल श्रेष्ठ

maitrinews

  कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले विचित्र गठबन्धन गरेर सरकार बनाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्दा निकै विचार पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ ,प्रधानमन्त्री भएपछि पहिला भारत भ्रमण गर्नै पर्ने बाध्यता जस्तो उहाँ प्रधानमन्त्री भएपछि औपचारिक भारत भ्रमणमा जान लाग्नुभएको छ । मलाई गजब लागेको छ । उहाँले परम्परा धान्ने काम गर्नुभएको…

संशोधनमार्फत अधिकार सुनिश्चित हुन्छः प्रम दाहाल

maitrinews

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर भएपनि आदिवासी जनजाति, दलित, महिला तथा अन्य उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधिसँगको भेटका क्रममा प्रधानमन्त्रीले उत्पीडित वर्ग, जाति, क्षेत्रको अधिकारलाई संविधान संशोधनमार्फत स्थापित गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो । दोस्रो संविधानसभापछि पहिचान र अधिकारका…

समयमै निर्वाचन गर्न नसके मुलुक गम्भीर सङ्कटमा फस्ने – नेता खनाल

maitrinews

काँकडभिट्टा (झापा)। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभएको छ । गृह जिल्ला इलाम हिँड्नुभएका नेता खनालले आज प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै २०७४ माघ ७ गतेसम्ममा अनिवार्य निर्वाचन गर्न नसकिए मुलुक सङ्कट फस्ने बताउनुभएको हो ।…

राष्ट्रिय आयोजनाको अनुगमन म आफैँ गर्छु – प्रधानमन्त्री

maitrinews

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनबारे आफैँले अनुगमन गर्ने बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो–“राष्ट्रिय गौरवका आयोजना तालिका बनाएर म आफैँ अनुगमन गर्छु । सबै मन्त्रीले पनि आफ्ना मातहतका आयोजनाको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस्…

देश विदेशीको हातमा पुग्ने खतरा : बिजुक्छे

maitrinews

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताउनुभएको छ । भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको आज उदघाटन गर्दै उहाँँले ठूला दलले राजनीतिक स्वार्थ त्याग्न नसक्दा देशमा सङ्कट बढ्दै गएको बताउनुभयो । अध्यक्ष बिजुक्छेले निर्माणलगायत विभिन्न क्षेत्रको जिम्मेवारी भारतलाई…

मङ्गलबार बकर इदको सार्वजनिक बिदा

maitrinews

  काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले यही भदौ २८ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने घोषण गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

भारत भ्रमण चुनौतीपूर्ण अवसर : प्रचण्ड, यस्तो छ भारत भ्रमणको कार्यतालिका

maitrinews

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताउनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भदौ ३० देखि असोज २ गतेसम्मको आफ्नो भारत भ्रमणबारे आज जानकारी दिँदै प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्धमा आसन्न भ्रमणले नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “यो भ्रमणले नयाँ आयाम थप्ने…

सचिबहरुको व्यापक सरुवा ; काफ्लेको राजीनामा स्वीकृत

maitrinews

काठमाडौँ, २६ भदौ । सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिकसमेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । आचारसंहिता सार्वजनिक नभएका कारण भवन तथा घर निर्माणमा समस्या पर्दै आएको थियो । नयाँ आचारसंहिताले महानगरपालिका, नगरपालिका,…

मधेसका मसिहालाई ओलीको प्रश्नः केपी ओली कसरी मधेस विरोधी भयो ?

maitrinews

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधीको संज्ञा दिनेहरुलाई कडा प्रतिक्रिया दिनुभएको छ । नेकपा एमाले खेलकुद विभागले राजधानीमा आयोजना गरेको एक अन्तरक्रियामा ओलीले कडा प्रतिक्रिया दिनुभएको हो । ‘अहिले केपी ओली मधेस विरोधी, कडा मधेस विरोधी भनेर हल्ला गरिएको छ,’ उहाँले भन्नुभयो, ‘जसले तराईमा सिंचाईको योजनाहरु ल्यायो,…