स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुन्छ : देउवा

maitrinews

  चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चैतमा नै सरकार परिवर्तन हुँदैन भन्नुभयो । संविधानसभामा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने छ भन्दै उहाँले निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत…

कलङ्की–कोटेश्वर सडक विस्तारको काम तीव्र

maitrinews

ललितपुर । निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तारको काम पनि धमाधम भइरहेको छ । निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ । यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताउनुभयो ।…

इन्टरपोलका अध्यक्ष होङ्ग्वीसँग प्रचण्डले भन्नुभयो, ‘ नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ’

maitrinews

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरपोलका अध्यक्ष मेङ्ग होङ्ग्वीबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र होङ्ग्वीबीच भेट भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले इन्टरपोलले नेपालको प्रहरी संगठनको सुदृढीकरणमा राम्रो सहयोग गरेकोमा धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘इन्टरपोलले नेपालको प्रहरी संगठनको सुदृढीकरणमा राम्रो सहयोग गरेको छ, यसका लागि म यहाँलाई…

संशोधन प्रस्तावका पक्षमा मतदान नगर्ने प्रष्ट अडान

maitrinews

काठमाडौँ । अखण्ड नेपाल पार्टीले मन्त्री पदका लागि विचार नै बेचेको आरोप लागिरहेका बेला सो पार्टीले भने आफ्नो विचार र सिद्धान्तबाट अलग नभएको प्रतिक्रिया दिएको छ । सीमांकन हेरफरसहितको संविधान संशोधन प्रस्तावका पक्षमा एक सिट रहेको अखण्ड नेपाल पार्टीले मतदान गर्ने हो कि भन्ने चर्चा चलिरहेका बेला सो पार्टीका प्रवक्ता एवं सचिव डा। प्रदीप ढकालले…

जैविक विविधता संरक्षण गर्नु सबैको दायित्व

maitrinews

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वीको जैविक विविधताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम ९जिएसएलइपी० को सञ्चालक समितिको दोस्रो बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदायले वातावरणसँग सम्बन्धित बहुपक्षीय सम्झौतामार्फत हातेमालो गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । जैविक विविधता संरक्षणका लागि नेपालले राष्ट्रिय…

बन्ने भो ७५० मेगावाटको पश्चिमसेती जलविद्युत् आयोजना

maitrinews

  काठमाडौँ । पश्चिमसेती जलविद्युत् आयोजना अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृति दिएको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले चिनियाँ प्रवर्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले रासससँग कुरा गर्दै सो आयोजना नेपालको…

राष्ट्रघाती काम गर्नेलाई जेल हाल्नुपर्छ : रावल

maitrinews

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मधेसी मोर्चाका नेतालाई जेल हाल्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । राजधानीमा आयोजित एक अन्तरक्रियामा उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले आफूलाई केही मधेसी नेताहरुले जेल हाल्ने धम्की दिइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग उहाँले उनीहरुलाई नै जेल हाल्न सुझाव दिनुभएको भयो । ‘जेल मलाई होइन राष्ट्रघाती काम गर्ने मधेसी…

प्रेमबहादुर सिंह र कुमार खड्का मन्त्री बन्दै

maitrinews

काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान माओवादी काँग्रेस गठबन्धन सरकार आज विस्तार गरिदै छ । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका नेता कुमार खड्कालाई आज मन्त्रीको शपथ गराइने भएको छ । सिंहलाई खानेपानी तथा सरसफाइ मन्त्री र खड्कालाई महिला,बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेबारी दिइँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र…

विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार्ने निर्णय

maitrinews

काठमाडौँ । सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी…

निर्वाचन आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

maitrinews

काठमाडौँ। नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२÷७३ को वार्षिक आयव्यय बुझाएका छन् । आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् । यस्तै अन्तरिम संविधान २०६३ अनुसार दर्ता भएका तर नयाँ संविधानको धारा २६९ अनुसार…