सैनिक मञ्च टुँडिखेलमा सेनाव्दारा फूलपाती बढाइँ

Maitrinews

  काठमाडौँ । बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको…

दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च

Maitrinews

  काठमाडौँ । दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य ६ वर्षयताकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मुल्य घटेर ४७…

शशांक निवासमा पौडेल समूहको ‘लञ्च मिटिङ’

Maitrinews

  काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा तयारीबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ। विधान मस्यौदामाथि छलफल गर्न सोमबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको घरमा पौडेल समूहले छलफल गरेको छ। ‘लञ्च मिटिङ’का लागि महामन्त्री कोइरालाले संयोजन गरेको भेलामा पौडेल समूहका नेताहरूबीच विधान मस्यौदाबारे छलफल भएको स्रोतले जनाएको छ। पार्टीको विधान मस्यौदा तयार भइरहेका बखत…

दसैँलाई लक्षित गरी १७ हजार भेँडाच्याङ्ग्रा निकासी

Maitrinews

  बेनी । दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका…

पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक

Maitrinews

  काठमाडौं । पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको हो । अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ । तत्कालीन राजाहरुले…

भारतले हवाई रुट थप्न मानेन

Maitrinews

काठमाडौँ । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ  । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन्  । ‘भारतीय प्राविधिकले डिफेन्स सैन्य कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि…

काँग्रेस नेता बास्तोलाको अन्त्यष्टि

Maitrinews

काठमाडौं । नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अन्त्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको शव सातदोवाटोस्थित घरबाट काँग्रेस पार्टी कार्यालय सानेपामा लगेर श्रद्धान्जलीका लागि राखिएको थियो । पार्टी कार्यालयमा बास्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेल, नेकपा नेता झलनाथ…

दशैँ मनाउन २३ लाख यात्रु काठमाडौँबाट बाहिरिए

Maitrinews

काठमाडौं । आइतबारसम्ममा काठमाडौं उपत्यकाबाट दसैं मनाउन २३ लाख यात्रु बाहिरिएका छन् । देशका पूर्वी, मध्य र पश्चिमी सबै क्षेत्रका दैनिक ८ हजार यात्रु नागढुङ्गा, कोटेश्वर तथा बल्खु नाका हुँदै बाहिरिएका हुन् । दसैंको सयमया ट्राफिक जामको अत्यधिक समस्या हुने कलंकी–नागढुङ्गा–नौबीसे खण्डमा ट्राफिक जाम हुन नदिन १२ चक्केभन्दा ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको महानगरीय…

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

Maitrinews

बारा । बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो । दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरेका थिए। उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेकोछ। प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका…

गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

Maitrinews

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि…