न्युयोर्कमा भव्यरुपमा इन्द्रजात्रा मनाइयो

Maitrinews

  न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा रहेका नेवार समुदायले यस पटकको इन्द्रजात्रा भव्यरुपमा मनाएका छन् । उनीहरुले कला संस्कृति र परम्परालाई बचाउँदै इन्द्रजात्रा मनाएका हुन् । नेपालको राजधानी काठमाडौँ उपत्यकामा नेवार समुदायले मनाउँदै आएको यो जात्रा पर्वलाई न्युयोर्कमा रहेका नेवार समुदायले केही वर्षदेखि निरन्तरता दिएका छन् । जहाँ बसे पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई…

काठमाडौँको मौलिक इन्द्रजात्रा शुत्रबार समापन हुँदै

Maitrinews

काठमाडौँ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ। यस वर्षको इन्द्रजात्रा शुक्रबार समापन हुँदैछ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।…

बालकरामले छेडे जिब्रो

Maitrinews

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभएको छ । उहाँले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेड्नुभएको हो । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उहाँले हजाराँै मानिसको अगाडि जिब्रो छेड्नु भएको हो । जिब्रो…

राष्ट्रपति विद्यादेवी भण्डारीबाट इन्द्रजात्रा अवलोकन

Maitrinews

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो । विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा…

इन्द्रध्वजोत्थान गरी इन्द्रजात्रा सुरु

Maitrinews

काठमाडौं । इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । आज विहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । विशेषगरी काठमाडौंमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याईएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राखिन्छ । आज मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् ।…

मनकामना मन्दिरको पुनर्निर्माण सम्पन्न

Maitrinews

मनकामना । गोरखास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनर्निर्माण ३ वर्ष लगाएर सकिएको छ। करिब १२ करोड सरकारबाट प्राप्त ४ करोड र भक्तजनबाट ८ करोड संकलन गरेर मन्दिर पुरानै स्वरूप प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको हो। गोरखाका राजा राम शाहकी रानीले करिब ४ सय वर्षअघि अर्थात् १७ औं शताब्दीमा यो मन्दिर बनाएको मानिन्छ। यो मन्दिर भूकम्पअघि नै…

ऋषिपञ्चमीमा सप्तऋषिको पूजा

Maitrinews

काठमाडौं । आज ऋषिपञ्चमी, नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । रजस्वलाका समयमा भएका त्रुटि आज अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । आज बिहानै उठेर महिलाहरुले नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ…

ज्यापू महागुठीको २५ औँ वार्षिकोत्सव

Maitrinews

काठमाडौँ । ज्यापू महागुठीको २५ औँ वार्षिकोत्सव विविधि कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा ज्यापू महागुठीमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट प्रतिनिधिहरु आएका थिए । निकट भविष्यमा ज्यापू महागुठीको राष्ट्रिय महाधिवेशन हुने भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेवारी मौलिक कला र संस्कृति…

आज तीजको दर खाइँदै, ताजा परिकार खान चिकित्सकको सुझाव

Maitrinews

काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ आज नेपाली हिन्दू महिलाहरुले दर खाँदै छन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् । तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि…

कालुङ्गखोला सेवा समाज काठमाडौंको विशेष भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न

Maitrinews

काठमाडौं । पश्चिम नेपाल अन्तर्गत बाग्लुङ्ग जिल्लाको दक्षिणी भेगमा अवस्थित कालुङ्गखोला आसपासबाट विभिन्न उद्देश्यले राजधानी काठमाडौंमा आई स्थाइ÷अस्थाई बसोबास गर्दै आएका व्यक्तित्वहरूको भेला तथा तीज विशेष कार्यक्रम गोंगबुस्थित क्वालिटी क्याफेमा शनिबार सम्पन्न भयो । बयोबृद्ध अभिभावक कुलरत्न उपाध्याय (पौडेल) को सभापतित्व र बाग्लुङ्ग क्षेत्र नम्बर २ बाट निर्वाचित माननीय संसाद् देबेन्द्र पौडेलको प्रमुख आथित्यमा सम्पन्न…