सर्वोच्च अदालतद्वारा श्रीलङ्कामा विघटन गरिएको संसद् पुनःस्थापना

Maitrinews

  कोलम्बो। श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई पुनः स्थापना गरिदिएको छ। अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुनेगरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ। हिन्द महासागरीय टापूमा रहेको श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी शक्तिशाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि आएको संवैधानिक…

म्यानमारकी नेत्री सुकीको खोसियो मानव अधिकार पुरस्कार

Maitrinews

म्यानमार । एम्नेस्टी इन्टरनेसनलले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको प्रतिष्ठित मानव अधिकारको अवार्ड फिर्ता गर्ने निर्णय गरेको छ । सुकीले उक्त अवार्डको घात गरेको भन्दै फिर्ता गर्न लागिएको एम्नेस्टी इन्टरनेसनलले बताएको छ । पछिल्लो समय रोहिन्ग्या मुसलमानहरुमाथिको दमनको विषयमा सरकारको पक्षमा उभिएसँगै सुकीको व्यापक आलोचना हुँदै आएको छ । सोमबार एम्नेस्टी इन्टरनेसनलले एक विज्ञप्ति…

गरिबी निवारणका लागि पाकिस्तान चिनियाँ मोडेल अपनाउँदै,चीनले तीन दशकमा ७० करोड मानिसलाई गरिबीमुक्त बनायो

Maitrinews

  इस्लामावाद । पाकिस्तानले देशको गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताएका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, चीनले गरिबी निवारणका लागि सफल प्रयोग गरेको भन्दै त्यसलाई पाकिस्तानमा पनि लागू गरिने उनले बताएका हुन् । चीन र पाकिस्तान सबै मौसमका मित्र हुन् । पाकिस्तानको विकासमा चीनको महत्वपूर्ण भूमिका रहेको छ । त्यतिमात्र…

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन

Maitrinews

  नयाँदिल्ली । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको सोमबार बिहान ५९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर पीडित अनन्तकुमारले बिहान ४ बजे अन्तिम सास फेरेका थिए । अनन्तकुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी गत अक्टोबरमा अमेरिकाको न्यूयोर्कमा उपचार गराएर फर्केका थिए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनकै…

पहिलो विश्वयुद्ध सकिएको सय वर्ष पूरा

Maitrinews

  लण्डन । पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पुगेको छ । आइतबार पहिलो विश्वयुद्ध सकिएको शतवार्षिकी पुगेको हो । शनिबार शतवार्षिकीको पूर्वसन्ध्यामा बेलायतको रोयल अल्बर्ट हलमा स्मृतिसभाको आयोजना गरिएको हो । वार्षिक स्मृति सम्मेलनमा बेलायती महारानी एलिजावेथका साथमा प्रिन्स ह्यारी पनि सहभागी भएका थिए । सो सम्मेलनमा बेलायती प्रधानमन्त्री थेरेसा मे पनि सहभागी भएका…

आणविक सम्झौताको मर्मलाई सुरक्षा गर्न इरानको आग्रह

Maitrinews

  तेहरान । आणविक सम्झौताका अमेरिका बाहेकका अन्य हस्ताक्षरकर्ता मुलुकलाई आणविक सम्झौताको मर्म अनुसार इरानको सुरक्षाका लागि पहल लिन तेहरानले आग्रह गरेको छ । सम्झौता अनुसार अघि बढ्न हस्ताक्षरकर्ता मुलुकहरूले प्रतिवद्धता जनाएका भए पनि यसका लागि पहलकदमी लिन यूरोपेली यूनियन इयूले ढिलाइ गरेको इरानी विदेशमन्त्री मोहमुद जाभेद जरिफले बताउनुभयो । अमेरिकी आर्थिक प्रतिबन्धका कारण इरानले…

इरानमाथि अमेरिकी नाकाबन्दी, विश्व तेल बजार प्रभावित हुने

Maitrinews

अमेरिकाले इरानमाथि कडा नाकाबन्दी लगाएको छ । नोभेम्बर ५ देखि इरानमाथि अमेरिकी प्रतिबन्ध लागू भएको हो। अमेरिकी प्रतिबन्धमाथि इरानी राष्ट्रपति हसन रुहानीले कडा प्रतिकृया पनि दिइसकेका छन्। उनले इरानमाथि भएको षड्यन्त्रमा अमेरिका सफल नहुने प्रतिकृया दिएका छन्। इरानको अर्थतन्त्र पेट्रोलियम पदार्थको निर्यातमा आधारित छ। प्रतिबन्धका कारण इरानलाई तेल बेच्न गाह्रो हुने छ। इरानसँग ब्यापार गर्ने…

जनमत सङ्ग्रह परिणाम : न्यु क्यालेडोनिया फ्रान्सकै भाग रहने पक्षमा

Maitrinews

पेरिस । न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ । मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६।४ प्रतिशत जनताले मतदान गरेका थिए । उक्त भूमि एक लाख ७५ हजार जनताको बसोबास रहेको फ्रान्सेली…

अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पको अग्निपरीक्षा

Maitrinews

  काठमाडौँ । संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो । हाल अमेरिकी दुवै सदनमा बहुमतमा रहेको रिपब्लीकन पार्टीले बहुमत जोगाउने कसरतमा सम्पूर्ण शक्ति लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवम् चुनावी मत सर्वेक्षणमा…

उत्तर कोरियाली नेता किमको दक्षिण कोरिया भ्रमण चाँडै

Maitrinews

  सोल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सिओलको भ्रमण गर्नुहुने बताउनुभएको छ । गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता कीमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो । तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन । तर दक्षिण कोरियाली…