Skip to content
Maitri News

Maitri News

Online News Portal

२०८३ कार्तिक ६ गते
  • गृह
  • समाचार
  • फिचर
  • स्थानीय
  • मनोरञ्जन
  • अर्थ/वाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फिफा विश्वकप २०२६
Maitri News
Maitri News
  • गृह
  • समाचार
  • फिचर
  • स्थानीय
  • मनोरञ्जन
  • अर्थ/वाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फिफा विश्वकप २०२६

फोटो फिचर

भक्तपुर, १ भदौः
भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया कृष्णलक्ष्मी अवाल नागपञ्चमीका अवसरमा आज सोही वडामा रहेको थालाछेँस्थित नागपोखरीमा आउनु भई नागको प्रतिमामा पूजा आराधना तथा दर्शन गर्नुहुँदै । तस्बिरः रेणु त्वानाबासु/रासस
नागपूजा 
म्याग्दी, १ भदौः म्याग्दीको बेनी नगरपालिका–७ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नागको थानमा सोमबार बिहान नागपूजा गर्दै स्थानीय बासिन्दा । तस्बिरः सन्तोष गौतम÷रासस
काठमाडौँ १ भदौः
नागको पूजा गर्दै भक्तजन

नागपञ्चमीका अवसरमा सोमबार काठमाडौँ महानगरपालिका–१  नक्सालस्थित नागपोखरीमा रहेको  नागको प्रतिमामा पूजा तथा दूध चढाउदै  भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस
नागपञ्चमीका अवसरमा भक्तपुर नगरपालिका वडा नंं १० स्थित नागपोखरीमा रहेको  नागको प्रतिमामा पूजा  एवं दूध चढाउँदै  भक्तजन । नागपोखरीमा नागको प्रतिमामा पूजा  गर्न  अस्थायी पुलको व्यवस्था गरिएको छ । तस्बिरः रेणु त्वानाबासु/रासस
भक्तपुर, १ भदौः
काठमाडौँ, १ भदौः
नागपञ्चमीका अवसरमा सोमबार काठमाडौँ महानगरपालिका-१  नक्सालस्थित नागपोखरीमा रहेको नागको प्रतिमामा पूजा आराधना तथा  दूध चढाउदै  भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस
HRB_KTM1000147673
मूलढोकामा नागको तस्बिर टाँसिदै
​ओखलढुङ्गा, १ भदौः ​नागपञ्चमीका अवसरमा ओखलढुङ्गा सदरमुकाममा घरको मूलढोकामा नागको तस्बिर टाँस्दै पण्डित । नागपञ्चमीमा नागको पूजा गरेमा वर्षभरि सर्प, बिच्छीलगायत विषालु जीवको भयबाट जोगिन सकिने तथा अग्नि, मेघ र चट्याङको जोखिमबाट समेत सुरक्षा मिल्ने धार्मिक जनविश्वास छ । तस्बिरः नवराज कार्की÷रासस
नाग पूजा स्थानीय वृद्ध
गलकोट (बागलुङ) १ भदौः
नाग पञ्चमीको अवसरमा बागलुङ नगरपालिका–१ रामरेखास्थित गङ्गापथ टोलमा रहेको नाग मन्दिरमा नागको पूजाआराधना गर्दै स्थानीय वृद्ध । तस्बिरः खेमराज गौतम÷रासस
नाग पूजा
बागलुङ १ भदौः नाग पञ्चमीको अवसरमा बागलुङ नगरपालिका–१ रामरेखास्थित विपी स्मृति पार्कनजिकै रहेको नाग मन्दिरमा नागको पूजा गर्दै स्थानीय बासिन्दा । तस्बिरः खेमराज गौतम÷रासस
कमलपोखरीमा नागपञ्चमीका पूजा गर्दै भक्तजन
कास्की, १ भदौः पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीमा नागपञ्चमीका अवसरमा सोमबार पूजाआजाका लागि पुगेका भक्तजन । यस स्थानमा नागको बासस्थान रहेको जनविश्वास भएकाले तालको बीच भागमा काली नागको मूर्ति स्थापना गरिएको छ । तालमा रहेको कमललाई नागपञ्चमीमा पूजा गरेर कमलको फूल र पात घरमा लगेर राखेमा राम्रो हुने जनविश्वास छ । तस्बिरः कृष्ण दवाडी÷रासस
काठमाडौँ १ भदौः
नागको पूजा गर्दै भक्तजन

नागपञ्चमीका अवसरमा सोमबार काठमाडौँ महानगरपालिका–१  नक्सालस्थित नागपोखरीमा रहेको  नागको प्रतिमामा पूजा तथा दूध चढाउदै  भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस
नाग स्थानमा पूजा गरिँदै
कपिलबस्तु, १ भदौः हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परा अनुसार कपिलबस्तुमा पनि नागको पूजा गरी मनाइँदै । घरको मूलढोकामा नागको चित्र टाँसेर र नाग देउताको पूजा गर्ने प्रचलन छ । तस्बिरः नारद कोहार÷रासस

अन्य फोटो फिचर

WhatsApp-Image-2026-10-20-at-14.39.18

हनुमानढोकास्थित नासल चोकमा महानवमीका अवसरमा गरिने पूजाआजा

WhatsApp-Image-2026-10-20-at-05.41.35-1

नवरात्रिको नवौं दिन लखु तीर्थ

856186872_1594301846075230_5713266764481974152_n

· महानवमीका दिन मात्रै खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर

ललितपुर, १ कात्तिकः 
अष्टमातृका नाच प्रस्तुत
 ललितपुरको पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक गँः प्याखँ (अष्टमातृका नाच) प्रस्तुत गर्दै देवगण। पाटनको सांस्कृतिक तथा तान्त्रिक परम्परासँग जोडिएको यस नाचमा विभिन्न देवीदेवताका १३ देवगण सहभागी हुन्छन्। प्रत्येक देवगणको फरक तान्त्रिक मुद्रा र भावभङ्गी रहने गर्छ। तस्बिरः घनश्याम श्रेष्ठ /रासस

ललितपुरको पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक गँः प्याखँ (अष्टमातृका नाच) प्रस्तुत गर्दै देवगण, तस्बिरः घनश्याम श्रेष्ठ /रासस

WhatsApp-Image-2026-10-17-at-19.45.48-1

काठमाडौँको दशैँ घरमा भित्र्याइयो फूलपाती, कार्यवाहक प्रमुख सुनिता डङ्गोलको विशेष उपस्थिति

WhatsApp-Image-2026-10-17-at-04.55.39-1

नवरात्रिको सातौँ दिन बछलामाई र पशुपतिनाथ दर्शन

WhatsApp-Image-2026-10-16-at-05.28.49-1

नवरात्रि मेलाको छैटौँ दिन विष्णुमती र विमलावती नदीको सङ्गमस्थल टोखास्थित मनोरथ तीर्थ

दक्षिणकाली मन्दिरमा भक्तजन

काठमाडौँ, ३० असोजः
काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित दक्षिणकाली मन्दिरमा शुक्रबार पूजा आराधना तथा दर्शन गर्न लामबद्ध भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँको दक्षिणकाली मन्दिर परिसरमा शुक्रबार लामबद्ध भक्तजनहरू।

WhatsApp-Image-2026-10-14-at-11.51.01

सुनिता डंगोलद्वारा सम्यक् महादान उपसमिति गठन

nawaratri2

दशैबेला विहान सवेरै ९ दिन सम्म विभिन्न शक्तिपीठहरुमा नवरात्री जाने चलन अनुसार नवरात्री जांदै ।

Maitri News
  • सञ्चालक: कविन्द्र

  • सम्पादक: मणिराज बास्तोला (मोहन)

  • संचार रजिस्ट्रार दर्ता नं. 923/075/76, Kathmandu, Nepal

सम्पर्क

  • Phone: +977 01 5911591, +977 01 5340644, +9779841885675

    maitrinews@gmail.com

विज्ञापनका लागि

  • maitrinews@gmail.com

    Phone: +977 01 5340644

सामाजिक संजाल

Copyright © 2025 Zeal Media and IT Solutions Pvt. Ltd. - All rights reserved