इन्डियन प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित

maitrinews

  नयाँदिल्ली । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ। भारतमा लकडाउन लम्बिएसँगै भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आईपीएल स्थगित भएको जनाएको हो। यसअघि बीसीसीआईले अप्रिल १५ सम्मका लागि आईपीएल स्थगन गरेको थियो। तर मे ३ सम्म सरकारले लकडाउन बढाएपछि बीसीसीआईले आईपिएलको भविष्य अनिश्चित देखेको बताएको छ। आईपीएल मार्च २९ देखि मे २४…

टोकियो ओलम्पिकमा २४ वर्षसम्मका खेलाडीले खेल्न पाउने

maitrinews

  टोकियो । अन्तर्राष्ट्रिय फुटबल महासंघले अर्को वर्ष हुने टोकियो ओलम्पिकको फुटबलमा सहभागी हुने पुरुष खेलाडीको उमेर २३ बाट बढाएर २४ पुर्‍याएको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता एक वर्ष पछाडि सारिएको थियो। त्यसै कारण खेलाडीको उमेर खुकुलो पारेर एक वर्ष बढाइएको हो। अब यस वर्ष २३ वर्ष पुगेर ओलम्पिक्स खेल्न योग्य खेलाडीले…

कोरोना भाइरसबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु

maitrinews

  स्पेन । कोरोनाभाइरसको संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको सोमबार राति निधन भएको हो । २१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो । गार्सियाको उपचारकै क्रममा मृत्यु भएको…

युभेन्ट्समाथि लियोनको अप्रत्यासित जित

maitrinews

  काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को खेलमा दुई अप्रत्यासित नतिजा आए । म्यानचेष्टर सिटीले रियल मड्रिडलाई उसैको मैदानमा पराजित गर्दा फ्रेन्च क्लब लियोनले युभेन्ट्सलाई हरायो । लुकास टुसार्टले गरेको एक मात्र गोल मद्दतमा लियोनले अन्तिम १६ को पहिलो लेगमा इटालियन जायन्ट युभेन्ट्सलाई १–० ले हरायो । घरेलु मैदानमा भएको…

सन्दीपले एसिया–११ टोलीबाट खेल्ने

maitrinews

  काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बङ्गलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको हो । उक्त प्रतियोगिता बङ्गलादेशले बङ्गबन्धु शेख मुजिबउर रहमानको जन्मशताब्दीका अवसरमा आगामी चैत ८ र ९ गते ढाकामा आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका लागि…

ललितपुरमा तीन विदेशी खेलाडी अनुबन्ध

maitrinews

  काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग ईपीएल टि २० का लागि एकै पटक तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । यसअघि श्रीलंकन उपुल थरंगालाई अनुबन्ध गरिसकेको प्याट्रिओट्सले सोमबार तीन पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ । अलराउण्डर द्वय हमम्द अजम र हसन खान तथा लेफ्ट बर्मर फास्ट बलर मिर हम्जालाई ललितपुरले…

डेब्युमै विश्‍व कीर्तिमान

maitrinews

  काठमाडौँ । अमेरिकासँगको क्रिकेट विश्वकप लिग–२ का लागि शनिबार नेपाली टोलीले अघिल्लो खेल खेलेकाबाट दुई खेलाडी परिवर्तन गरेको थियो । त्यसबाट नेपाली टोलीमा स्थान पाउने एक थिए कुशल मल्ल । नेपाली राष्ट्रिय टोलीबाट ५० ओभरमा उनी पहिलो खेल खेल्दै थिए । कुशल मैदानमा उत्रिएपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा कम उमेरका खेलाडी बने । उनलाई शनिबार नेपाली टोलीमा रोहितकुमार…

डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक

maitrinews

  काठमाडौँ । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ । डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो…

हेलिकप्टर दुर्घटनामा अमेरिकी खेलाडी ब्रायन्टसहित नौ जनाको मृत्यु

maitrinews

  अमेरिका । अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो । लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ…

बार्सिलोना भ्यालेन्सियासँग पराजित

maitrinews

काठमाडौं । लिग लिडर बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको हो । गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पेनाल्टी बचाए पनि बार्सिलोना २–० ले पराजित भयो । भ्यालेन्सियाका लागि दुवै गोलमा म्याक्सी गोमेज सामेल भए । तर सुरुमा उनले नै पेनाल्टीमा गोल गर्न सकेका…