फोटो फिचर​

भक्तपुर, १ भदौः
भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया कृष्णलक्ष्मी अवाल नागपञ्चमीका अवसरमा आज सोही वडामा रहेको थालाछेँस्थित नागपोखरीमा आउनु भई नागको प्रतिमामा पूजा आराधना तथा दर्शन गर्नुहुँदै । तस्बिरः रेणु त्वानाबासु/रासस
नागपूजा 
म्याग्दी, १ भदौः म्याग्दीको बेनी नगरपालिका–७ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नागको थानमा सोमबार बिहान नागपूजा गर्दै स्थानीय बासिन्दा । तस्बिरः सन्तोष गौतम÷रासस
काठमाडौँ १ भदौः
नागको पूजा गर्दै भक्तजन

नागपञ्चमीका अवसरमा सोमबार काठमाडौँ महानगरपालिका–१  नक्सालस्थित नागपोखरीमा रहेको  नागको प्रतिमामा पूजा तथा दूध चढाउदै  भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस
नागपञ्चमीका अवसरमा भक्तपुर नगरपालिका वडा नंं १० स्थित नागपोखरीमा रहेको  नागको प्रतिमामा पूजा  एवं दूध चढाउँदै  भक्तजन । नागपोखरीमा नागको प्रतिमामा पूजा  गर्न  अस्थायी पुलको व्यवस्था गरिएको छ । तस्बिरः रेणु त्वानाबासु/रासस
भक्तपुर, १ भदौः
काठमाडौँ, १ भदौः
नागपञ्चमीका अवसरमा सोमबार काठमाडौँ महानगरपालिका-१  नक्सालस्थित नागपोखरीमा रहेको नागको प्रतिमामा पूजा आराधना तथा  दूध चढाउदै  भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस
HRB_KTM1000147673
मूलढोकामा नागको तस्बिर टाँसिदै
​ओखलढुङ्गा, १ भदौः ​नागपञ्चमीका अवसरमा ओखलढुङ्गा सदरमुकाममा घरको मूलढोकामा नागको तस्बिर टाँस्दै पण्डित । नागपञ्चमीमा नागको पूजा गरेमा वर्षभरि सर्प, बिच्छीलगायत विषालु जीवको भयबाट जोगिन सकिने तथा अग्नि, मेघ र चट्याङको जोखिमबाट समेत सुरक्षा मिल्ने धार्मिक जनविश्वास छ । तस्बिरः नवराज कार्की÷रासस
नाग पूजा स्थानीय वृद्ध
गलकोट (बागलुङ) १ भदौः
नाग पञ्चमीको अवसरमा बागलुङ नगरपालिका–१ रामरेखास्थित गङ्गापथ टोलमा रहेको नाग मन्दिरमा नागको पूजाआराधना गर्दै स्थानीय वृद्ध । तस्बिरः खेमराज गौतम÷रासस
नाग पूजा
बागलुङ १ भदौः नाग पञ्चमीको अवसरमा बागलुङ नगरपालिका–१ रामरेखास्थित विपी स्मृति पार्कनजिकै रहेको नाग मन्दिरमा नागको पूजा गर्दै स्थानीय बासिन्दा । तस्बिरः खेमराज गौतम÷रासस
कमलपोखरीमा नागपञ्चमीका पूजा गर्दै भक्तजन
कास्की, १ भदौः पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीमा नागपञ्चमीका अवसरमा सोमबार पूजाआजाका लागि पुगेका भक्तजन । यस स्थानमा नागको बासस्थान रहेको जनविश्वास भएकाले तालको बीच भागमा काली नागको मूर्ति स्थापना गरिएको छ । तालमा रहेको कमललाई नागपञ्चमीमा पूजा गरेर कमलको फूल र पात घरमा लगेर राखेमा राम्रो हुने जनविश्वास छ । तस्बिरः कृष्ण दवाडी÷रासस
काठमाडौँ १ भदौः
नागको पूजा गर्दै भक्तजन

नागपञ्चमीका अवसरमा सोमबार काठमाडौँ महानगरपालिका–१  नक्सालस्थित नागपोखरीमा रहेको  नागको प्रतिमामा पूजा तथा दूध चढाउदै  भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस
नाग स्थानमा पूजा गरिँदै
कपिलबस्तु, १ भदौः हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परा अनुसार कपिलबस्तुमा पनि नागको पूजा गरी मनाइँदै । घरको मूलढोकामा नागको चित्र टाँसेर र नाग देउताको पूजा गर्ने प्रचलन छ । तस्बिरः नारद कोहार÷रासस