कीर्तिपुरको नयाँ बजारमा चितुवा आतंक, आज विहान आएको चितुवा समातियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नयाँबजारमा आज बिहान चितुवाले आतंक मच्चायो । चितुवा देखेपछि स्थानीयवासी आत्तिए । होहल्ला गरेपछि विहान साढे सात बजे नयाँ बजारस्थित विजेन मानन्धरको घरपछाडि आइपुगेको चितुवालाई साढे आठ बजेतिर स्थानीयवासी,प्रहरी र चिडियाखानाका कर्मचारीले घेरावन्दीमा पारे । गोली प्रहार गरी लठ्ठाएर नियन्त्रणमा लिइएको सो चितुवालाई चिडियाखानाका कर्मचारीको लिएर गए । सो चितुवा आहाराको खोजीमा चन्द्रागिरीको जंगलबाट शहर पसेको हुनसक्ने अनुमान गरिएको छ ।