सुनको भाउ तोलामा नौ सय घट्यो

काठमाडौं । पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आई प्रतितोला ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० पुगेको थियो । सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।