हङकङको जिरे खुर्सानी रेस्टुरेन्टमा आगलागी, ११ नेपालीको मृत्यु

 

काठमाडौं । हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली रहेको साहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेहरुमा तीन नेपाली परिवारभित्रका रहेको पनि गुरुङले बताउनुभयो । मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ ।

आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन । यसैगरी, ३२ बर्षीय अनिता निरौला र ४० बर्षीय विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभएको छ । अरु मृतकको सनाखत हुन बाँकी रहेको छ ।

अध्यक्ष गुरुङका अनुसार अरु ३ जना पुरुष र ४ जना महिलाको अबस्था गम्भीर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ । जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा गएराति आगलागी भएको थियो । तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।।