क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन गर्नुपर्ने भन्दै राष्ट्रियसभा बैठक अवराेध

काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठक अवरोध गरेको छ।

एमालेले क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन गर्नुपर्ने भन्दै आजको राष्ट्रियसभा बैठक अवरोध गरेको हाे ।

बिहीबार दिउँसो बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिनुभएकाे थियाे ।

सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाउनुभयो । उहाँले भन्नुभयाे, यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताउनुभयो ।

एमालेले क्विन्टल सुन प्रकरणको विषयलाई लिएर दुवै सदन अवरोध गर्दै आइरहेकाे छ ।